वंश परम्पराले राजनीति चिरिप्प

राजनीति समाचार

काठमाडौं । लोकतान्त्रिक गणतन्त्रमा पनि वंश परम्पराको राजनीतिले स्थान लिएको छ । पुराना दल कांग्रेस र कम्युनिस्टको विरोध गरेर एकाएक उदाएको रास्वपाको भविष्य सहकारी ठगी प्रकरणले ध्वस्त बनायो । इलाममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङले वंश परम्परा धाने भने बझाङ प्रदेश सभामा नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंहलाई मतदाताले वंश परम्पराकै रुपमा लिएका कारण पराजित गराएका छन् । राजनीतिक यात्रामा लागेका श्रीमानको मृत्यु हुँदा श्रीमती र छोराछोरीहरु राजनीतिमा स्थापित हुनका लागि जोडिने सेतु भनेकै संसदको उम्मेदवार भयो ।

वंश परम्पराले स्थानीय तहमा वडा अध्यक्ष पदमा जनताले नपत्याएका कांग्रेसी उम्मेदवार सिंहलाई प्रदेशको संसद बन्ने मौका जुराउन सकेन । त्यहाँ एमालेका दमनबहादुर भण्डारीले जिते । यस्तै मौका जुरेका एमालेका इलामका उम्मेदवार सुहाङ भए । कांग्रेसका सिंहले नेविसंघ हुँदै पार्टीको टिकट दाबी गर्दा पिताको साथ पाएका थिए भने सुहाङले बाबुको मृत्युपछि मात्र नेकपा एमालेसँग जोडिन पाए । बाबु सक्रिय राजनीतिमा छँदा सुहाङ उच्च शिक्षाका लागि विदेशमा गएका थिए । राजनीति त्याग र बलिदानसँग जोडिन्छ भन्ने कुरा कांग्रेस र एमालेका वंशीय यी दुई पात्रहरू उदाहरण बन्न पुगेका छन् । तर बझाङमा अभिषेक थन्किन पुगेका छन् । कांग्रेसको सुदूरपश्चिममा एक सिट घटेको छ

सहकारीको पैसा ठगेर मस्ती गर्ने रास्वपाका रवि लामिछानेलाई २०८० को चुनाव र उपचुनावले जति मलजल गर्यो । त्यो बेला सहकारी फण्डा उति चम्केको थिएन । कुनै सिद्धान्त विचार नभएको पाँडे गालीले टेलिभिजन स्क्रिनमा ठाउँ लिएका कारण यसपटक रास्वपाको सत्ता सम्बन्ध बढेको रविलाई बोक्दा सरकारको भ्रष्टाचार विरोधी फण्डा थन्केको छ भने नेपाली कांग्रेसले बजेट अधिवेशनमा सहकारी पीडितलाई रकम फिर्ता गर्न ठगहरूको सूचीलाई पेश गर्दैछ । यो उपचुनावमा एमालेले प्राप्त गरेको जनमत बामपन्थी एकताको आवश्यकता छ भन्नेहरूलाई सजिलो उपहार बनेर देखियो । बाँकी काम भने एमाले अध्यक्ष केपी ओलीको लडाइँभित्र गुम्सेको छ ।

एमालेलाई बझाङ प्रदेशसभा सदस्य र इलाममा माओवादीले पनि साथ दिएको हो । सुहाङ जिताउन इटा थपियो । इलाममा माओवादीको साथ रह्यो भने बझाङ क्षेत्र नं. १ मा एमालेलाई एकीकृत समाजवादी र माओवादीले सहयोग नगरे पनि एक्लै जित्यो । एमालेको हेपाह शैलीकै कारण एकीकृत समाजवादीले इलाम २ र बझाङमा आफ्नै उम्मेद्वार उठाएर धरौटी जफत नहुँदा जनमत गुमाएको छ । त्यो चुनावका लागि वरिष्ठ नेता झलनाथ इलाममै कति दिन बिताए एकीकृतका उम्मेद्वार जितबहादुर राईको समेत इज्जत जोगिएन् । हेपाह नेता केपी ओलीले माधवलाई हेप्नुको कारण संगठन नभएपनि भाग ठुलै खोज्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *