सहकारी ठगीमा एमालेकै धेरै

राजनीति समाचार

काठमाडौं । जनताको पैसा सहकारीबाट कुम्ल्याउने मुलुकको गृहमन्त्री भएका बेला सहकारी ठगी छानबिनको काम हुन्छ भन्ने विश्वास भएन नेकपा एमाले सहकारी ठगहरूको संरक्षण गरेको कारण संसदीय छानबिन समिति बन्न नसकेको हो। पछिल्लो पटक काठमाडौँ वडा नम्बर १६ सोह्रखुट्टेको रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारीको ठगी बाहिरिएको छ । त्यो सहकारीका अध्यक्ष आङबाबु राई सचिव विनोद राई कोषाध्यक्ष अप्सरा श्रेष्ठ समेतको मिलेमतोमा पाँच करोड हिनामिना भएको छ ।

देशभरका सहकारी ठग्ने काम अध्यक्ष, सचिव र कोषाध्यक्षबाट भएको छ । संसदमा यो विषयले प्रवेश पाएको भएपनि एमाले अध्यक्ष केपी शर्माका कारण संसदीय छानबिन समिति बनेको छैन । संसदीय छानबिन समिति बनेको खण्डमा ८ करोड ठगी गरेका गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेका श्रीमान श्रीमती नै कारबाहीमा पर्ने भए पछि केपी ओलीको योजना तुहिन्छ । केपी ओलीको योजना सफल बनाउन संसदीय छानबिनलाई चासो दिएनन् ।

जनताको बचत ठगेर खानका लागि नेकपा एमाले ठूलो दल बनेको होइन। सहकारीमा एमालेका स्थानीय नेता कार्यकर्ता बढी छन् । रुरु सहकारीका अध्यक्ष राई पनि एमालेका नेता हुन् । २०७५ सम्म ५० लाख नाफामा रहेको त्यो सहकारीले भीम ढुंगाना सहकारीको पैसाले कोषाध्यक्ष अप्सरा श्रेष्ठ सदस्य राधिका तामाङको नाममा एक रोपनी जमिन खरिद गरेको छ । यो ठगी विरुद्ध काठमाडौँ महानगरको सहकारी विभागमा उजुरी परेपछि छानबिन सुरु भएको विभाग प्रमुख बलराम त्रिपाठीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *