कम्पनी रजिष्ट्रारमा कुँवर र पेखरेलको मोजमस्ती

राजनीति समाचार

काठमाडौं । सरकार परिवर्तन भएपछि सरकारले आफूअनुकूलको कर्मचारी ल्याउन सरुवा गर्ने नै भयो । तर, कर्मचारी सधैं मालदार ठाउँमा बस्नको लागि शक्ति र पावर भिडाएर बस्ने गर्दछन् । कतिपय कर्मचारी त मालदार ठाउँमा बस्न पाएनन् भने तिमिलाउने गर्दछन् । त्यसको उदाहरण बनेको छ अहिले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर । कम्पिनी रजिष्ट्रार कार्यालयका उपसचिव भेषबहादुर कुँवरले कम्पनी रजिष्ट्रारमा डेरा जमाएर बसेका छन् । उनी नासु हुँदादेखि कम्पनी रजिष्ट्रार र उद्योग वाणिज्य मन्त्रालय अन्तर्गतका विभिन्न मालदार कार्यालयमा बसेका थिए ।

कुँवर उपसचिवमा बढुवा भएपछि फेरि कम्पनी रजिष्ट्रार कार्यालयमै राज गरिरहेका छन् । अर्का नासु झापामणि पोखरेलले पनि कम्पनी रजिष्ट्रार कार्यालयमा मोजमस्ती गरिरहेका छन् । कम्पनी रजिष्ट्रार कार्यालयमा अहिले अफिस टाइममा काम हुँदैन । बिहान र बेलुका अफिस समय सकिएपछि मात्रै काम हुने गर्दछ । यी दुई भ्रष्ट कर्मचारीको कारण कम्पनी रजिष्ट्रार कार्यालय नै बद्नाम हुन पुगेको छ ।

कम्पनी रजिष्ट्रारमा उपसचिव कुँवर र नासु पोखरेलको हालीमुहालीले सेवाग्राहीहरु हैरान भएका छन् । अफिस समयमा सर्वसाधारण सेवाग्राहीले लगेका काम आलटाल गर्ने र विचौलियामार्फत कार्यालय समय सकिएपछि पैसादको लेनदेनमा काम गर्ने परिपाटीले सेवाग्राही हैरानीमा परेका हुन् । कतिपय कम्पनी सञ्चालकहरुसँग मन्त्री र सचिवलाई हप्तावारी बुझाउनुपर्ने भन्दै मोटो रकम बार्गेनिङ गर्ने गरेको गुनासो पनि आइरहेको छ ।

त्योसँगै कतिपय कम्पनी हेर्ने वकिलहरुले कम्पनी सञ्चालकसँग उठाएको रकम केही कर्मचारीहरुलाई दिन्छन् भने केही वकिलहरुले कर्मचारीको नाममा उठाएको रकम आफैले झ्वाम पार्ने गर्दछन् । कम्पनी हेर्ने कम्पनी सञ्चालकका निजी वकिल र कम्पनी रजिष्ट्रारका कर्मचारीबीच भागबन्डा नमिलेर टसल भएपछि कर्मचारी सिधैं कम्पनी सञ्चालकसँग पैसा माग्न पुग्छन् । यसरी कम्पनी सञ्चालकसँग पैसा माग्ने कर्मचारीहरुले मन्त्री, सचिव र केही सहसचिवलाई समेत दिनुपर्ने हुन्छ हजुर ! त्यसकारण हजुरुहरुलाई दुःख दिएको भन्ने बहाना बनाउँछन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा विचौलियाबिना सर्वसाधारणको काम हुन छाडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *