काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सार्वजनिक तथ्याङ्क अनुसार नेपालको अधिकांश सरकारी विद्यालयमा शौचालय र खानेपानी क्षेत्रमा सरसफाईको कमी देखिएको छ ।
शौचालय फोहोर भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएपछि मन्त्रालयले सार्वजनिक विद्यालयहरुको शौचालय र खानेपानी क्षेत्र सफा राख्न परिपत्र गरेको हो ।
मन्त्रालयले विद्यालयको शौचालयहरुमा आवश्यक मापदण्ड कार्यान्वयन गर्न ७७ वटै जिल्लाका शिक्षा तथा मानव स्रोत केन्द्रलाई समेत शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरी विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि,२०७५ को अनुसूची-१ बमोजिमको मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासहितको व्यवस्था गराउन आफ्नो जिल्लाका विद्यालयहरूमा स्थानीय तह मार्फत मापदण्ड कार्यान्वयन गर्न गराउन सहजीकरण गर्न अनुरोध गरेको छ ।