अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई लगायो भिसा प्रतिबन्ध, मानव तस्करीको नेटवर्क तोड्ने

विविध समाचार

काठमाडौं । अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई भिसा प्रतिबन्ध लगाएको छ ।

अवैध आप्रवासनलाई बढावा दिएको आरोपमा अमेरिकाले भिसा प्रतिबन्ध लगाएको हो । विज्ञप्तिमा भिसा प्रतिबन्धबाट प्रभावित व्यक्तिहरूको जानकारी दिइएको छैन भने ट्राभल एजेन्सी र एजेन्टको विषयमा पनि उल्लेख गरिएको छैन ।

अमेरिकी विदेश विभागले विदेशी मानव तस्करीको नेटवर्क तोड्न यस्तो कदम उठाइएको दावी गरेको छ । विभागले आप्रवासन र राष्ट्रियतासम्बन्धी अधिनियमको धारा २१२ (ए) (३) (सी)अनुसार प्रतिबन्ध लगाएको हो ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै अमेरिकाले अवैध आप्रवासी भन्दै गत फेब्रुअरीमा केही भारतीयहरूलाई देश निकाला गरेको थियो । यसअघि नयाँदिल्लीस्थित अमेरिकी दूतावासले अमेरिका जाने भारतीयहरूलाई भिसा अवधिभन्दा बढी नबस्न पटकपटक चेतावनी जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *