कांग्रेसका ५ सांसदको लुट कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । आर्थिक विचलनमा परेका आफ्ना चार सांसदको छानबिनलाई चासो नदिने तर रवि लामिछानेलाई प्रधानमन्त्री पद दिँदा नमानेको रिस पोख्न कांग्रेसले गृहमन्त्री लामिछानलाई टार्गेट गरेको छ । सञ्चारमन्त्री बन्दा टेरामक्स प्रकरणमा ३ अर्ब८५ करोड काण्ड लागेका ज्ञानेन्द्र कार्की मोहन बस्नेतको छानबिन सुस्त छ । सरकारी जमिन कब्जा गर्ने कौडीको भाडादर कायम गराएर पनि नतिर्ने दीपक खड्का हुन् वा टेकबहादुर गुरुङ किन नहुन् यहाँ बिनोद चौधरी पनि जोडिएका छन् ।

खड्काले लनचौरको नेपाली स्काउटको १९ रोपनी जग्गा कब्जा गरेका थिए । त्यहाँ स्थानीय प्रशासनले ताला लगाएको छ । बाँसबारी छालाजुत्ता कारखानाको २१ रोपनी जमिनबाट चौधरी समूह हटाइएको छ । यो समूहबाट जग्गा सरकारको नाममा लगिएको छ, पुल्चोकको भूपू सैनिक संघको ३४ रोपनी जमिनमा चौधरी समूहले व्यापारिक कम्प्लेक्स खडा गर्दैछ । सेनाका जर्नेल कर्नेलहरूबाट संघको जमिन फुत्काएको चौधरी ग्रुपले निर्माण गरेका आवास क्षेत्रमा पनि सार्वजनिक जमिन कब्जा गरेको छ । स्थानीयले विरोध गरेका छन् ।

भृकुटीमण्डपमा फनपार्क चलाएका मनाङ्गे सांसद टेकबहादुर लैनचौर कब्जा गर्ने दीपक खड्का, टेरामक्समा जोडिएका कार्की र बस्नेत मात्र होइनन्, बाँसबारीसँग जोडिएका विनोद चौधरी कांग्रेसका संस्थापनतर्फका सांसद हुन् । कान्तिपुर सहकारीको रकम हिनामिना गर्ने चन्द्रबहादुर लामा पनि संस्थापनकै हुन् । आफ्ना सांसदका अपराधमा मौन रहेको कांग्रेसले राष्ट्रभरका सहकारीभित्र जोडिएकाहरुको छानबिन गर्न किन चासो लिएन । कांग्रेसले सरकारलाई अप्ठेरो पार्न रविको कुरालाई चर्काएको छ । गृहमन्त्री रवि चोखा छन् भन्ने होइन ।

विकृतिका विरुद्ध सबै दल एक भएको राम्रो हो । आफुृ र आफन्तको जोगाउने, अरुको खेदो खन्ने दलीय चरित्र छ । सहकारीहरुसँग पूर्व सचिव र प्रशासक मात्र छैनन्, राजनीतिक दलका नेता पनि जोडिएकै छन् । राजेन्द्र पाण्डे, शक्ति बस्नेत, ओनसरी घर्ती जोडिएका सहकारी पनि डुबेका छन् । स्वर्णलक्ष्मी शाही बचत, सूण्र्यदर्शन सहारा र सुप्रिमसँग गृहमन्त्री रवि जेभी राई र निकिता पौडेल जोडिएका कारण चर्चा बढी भएको होइन । लिएका ऋण नतिरेका धेरै माथि छानबिन गर्नुछ । कार्यकर्ता जोगाउने आडमा कांग्रेस र एमालेले आर्थिक अपचलनको यो मुद्दा छानबिन नगरेसम्म स्थिति जहाँ त्यहाँ फैलिन्छ । लोकतन्त्रको आगमनले ठेकेदारलाई जनप्रतिनिधि बनाउने सांसद र मन्त्री समेत बनाउने गलत पद्दति बसेको छ । म चोखो मेरो ठिक अरु सबै बेठिक भन्ने ठाउँ कसैले राख्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *