माओवादी पत्रकारमा चुलियो गुटबन्दी

राजनीति समाचार

काठमाडौं । माओवादी पत्रकारका नेताले राज्यशक्तिको पदको लागि देखाउने आशक्तिले प्रेस सेन्टरभित्र आक्रोश बढेको छ । माओवादीले आफ्ना कार्यकर्तालाई प्रेस काउन्सिलमा सदस्य बनाउँदा तोकिइको योग्यता च्यातचुत पार्दा एमाले पक्षधर २ जना पत्रकारले पनि मौका पाए । अहिले मिडिया काउन्सिल विधयेकले अध्यक्ष र बोर्ड सदस्यको लागि योग्यता तोकिदिएको छ ।

नेपाल पत्रकाार महासंघको २७औं अधिवेशनले जेठ २६ गते केन्द्र, प्रदेश, जिल्ला, एसोसिएट प्रतिपठानको शाखाको चुनाव गर्ने घोषणा गर्दा प्रेस सेन्टरका नेताहरु गुटबन्दीमा लागेका छन् । सेन्टरमा नेतृत्व लिएका नेपाल पत्रकाार महासंघको अध्यक्ष भइसकेका गोविन्द आचार्य प्रधानमन्त्रीको सल्लाहकार हाल सेन्टरको अध्यक्ष भएका विष्णु सापकोटा जुगल राष्ट्रिय सभा अध्यक्षको प्रेस विज्ञ बन्दा सरकारभित्र आक्रोश ढेको छ ।

नेताहरु महेश्वर दाहाल, ओम शर्मा, पार्टी जिम्मेवारीमा लाग्दा सेन्टरको मोह घट्दो छ । सेन्टरले प्रेस चौतारी समाजवादी प्रेससँग गठबन्धन गर्ने तयारी गर्दा भागवण्डा लगाउँदा चौतारीले केन्द्रीय अधयक्षमा निर्मला शर्मा वा तीर्थ कोइरालामध्ये एकजना अगाडि सार्दैछ । चौतारीको अध्यक्ष गणेश बस्नेतको अधिकार पार्टी प्रचार विभागले लिएको छ । बस्नेत कुनै बेला चौतारी ठूलो संगठन भन्दै हिँड्थे । अहिले पत्रिका प्रकाशन गर्नेभन्दा चाकडी गर्नेलाई महासंघमा उम्मेद्वार बनाइँदैछ ।

प्रेस सेन्टरभित्र निर्णायक बनेका गोविन्द आचार्य खिला भण्डारी, विष्णु सापकोटाहरुले बालुवाटारमा बसेर गर्ने निर्णय बबरमहलले कति मान्छ देशैभरका धेरै सदस्य भएको काठमाडौंले कसरी लिन्छ । तर काम लगाउने श्रमजीवी पत्रकार फणिन्द्रलाई झिल्को डटकमबाट श्रम शोषण गर्ने विष्णु सापकोटा र निर्मल ज्ञवालीको धज्जी उडाउने काम भने गरिने भएको छ । पत्रकारको संगठनमा पत्रकारिता गर्ने भन्दा बम बोक्ने पड्काउने जस्तो बहादुरी प्रदर्शन गर्ने ज्ञवाली सुप्रिमोले छाडेको बसाह भएको बताइन्छ । गाडी चढ्ने रक्सी खुवाउने धन्दा ज्ञवालीको हो ।

उनको आम्दानीको स्रोत कसैले खोज्दैन । सोल्टीमा बम हानियो धम्काएर चन्दा लिइयो । ज्ञवालीको पत्रकारिता त्यही हो । त्यसैकारण सेन्टरका मतदाताले आधिकारिकताभन्दा विद्रोहीलाई सघाउने अवस्था छ । चौतारीमा बस्नेत समाजवादीमा विश्वमणि सुवेदीहरुको छनौट झन् विवादित हुने शंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *