राजश्व अनुसन्धानका डिजी उठाउनै बिजी

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुले सत्ता परिवर्तनको खेल खेलेजस्तै कर्मचारीहरुले मालदार ठाउँमा जाने र सेटिङ गरी आफ्ना आसेपासे कर्मचारीहरुलाई लिने गरेका छन् । चाहे आन्तरिक राजश्व विभागको महानिर्देशक हुन्, चाहे भन्सार विभागको महानिर्देशक त चाहे राजश्व अनुसन्धान विधागको महानिर्देशक हुन् । उनीहरुले काम गर्ने कार्यशैली एउटै हो । त्योसँगै ठूला करदाता कार्यालय र आन्तरिक राजश्व कार्यालयका प्रमुखहरुले पनि आफू निकट र आफ्ना आसेपासेलाई फिट गरी कमाउने खेलोफड्को गरेका छन् । त्यसको उदाहरण लिन सकिन्छ राजश्व अनुसन्धान विभागलाई । राजश्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक नवराज ढुंगानालाई १० महिना नपुग्दै हटाइएको थियो ।

अमेरिकन कोटिभी कम्पनीले राजश्व छली गरेको आरोपमा अनुसन्धान गरी मुद्दा दायर गरेपछि ढुंगानालाई माफियाको सञ्जालले तारो बनाएको थियो । त्यसपछि उनलाई हटाएर चक्र बूढालाई राजश्वमा नियुक्त गरिएको छ । राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्र बुढा गएपछि तत्कालीन नवराज ढुंगानाले बनाएको टिमलाई हटाएर आफू निकटका कर्मचारीहरु सेटिङ गर्ने तयारी भइरहेको छ । राजश्व अनुसन्धान विभागका राजश्व शाखा र प्रशासन शाखाबीच समन्वय नहुँदा राजश्व उठाउनसमेत समस्या परेको बताइन्छ । राजश्व शाखामा काम गर्ने कर्मचारीहरुले अन्य शाखा र प्रशासन शाखाका कर्मचारीहरुलाई भुसुना जत्तिको पनि मान्ने गरेका छैनन् । राजश्व शाखामा बस्ने कर्मचारीहरुको उठ्तीपुठ्ती चर्को हुने गरेको छ ।

त्यस शाखाका कर्मचारी र व्यापारीहरुको मिलेमतोमा ठूलो मात्रा राजश्व छली हुँदै आएको छ । तत्कालीन केपी सरकारको पालामा राजश्व अनुसन्धान विभागको दीर्घराज मैनाली महानिर्देशक बनेका थिए । मैनालीले विभागमा बस्दा करिव ५ अर्ब रुपैयाँ उठाएर विभिन्न शक्तिकेन्द्रहरुलाई मुख बुझाएको आरोप उनीमाथि छ । त्यसपछिका महानिर्देशकहरुले राजश्व अनुसन्धान विभागमा बसेर त्यति पनि उठाउन नसकेका र शक्तिकेन्द्रको मुख बुझो लगाउन नसकेको पनि बताइन्छ । राजश्व छली र सुन तस्करीमा मुछिएका व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याएर तत्कालीन महानिर्देशक नवराज ढुंगानाले राम्रो काम गरेको र राजश्व पनि बढी उठाएको बताइन्छ । त्यस्ता व्यक्तिलाई सरकारले काम गर्न नदिएर भूमिकाविहीन बनाइ व्यापारिको हितमा काम गर्ने चक्र बुढालाई राजश्व अनुसन्धान विभागको महानिर्देशक बनाइएको आँकलन गरिएको छ ।

महानिर्देशक बुढा बाहिरबाट हेर्दा सोझा र इमान्दार जस्तो देखिन्छन् । तर, भित्री रुपमा चतुर खेलाडी हुन् भन्दै थिए केही कर्मचारीहरु । उनी भन्सार विभाग, पर्यटन विभागहुँदै अहिले राजश्व अनुसन्धान विभाग पुगेका छन् । अब कहाँ–कहाँ पुग्ने हुन् त्यो पनि निश्चित छैन । राजश्व अनुसन्धान विभागमा पुगेपछि महानिर्देशक बुढाले आफ्ना आसेपासे कर्मचारीलाई स्थान दिने खेल रचिरहेका छन् । बुढाले भन्दै थिए, ‘पहिलाका महानिर्देशकहरुले के÷कस्तो काम गरे मलाई थाहा छैन । म आइसकेपछि दायाबाँया गर्ने होइन भन्दै इमानदार कर्मचारीलाई तर्साउने गरेका छन् । उता ठूलादेखि साना–साना व्यापारीहरुले भन्सार तिरेर ल्याएको सामानहरुमा राजश्व छलीको आरोप लगाएर मालबहाक ट्रक नै जफल गर्ने काम गरेका छन् ।

त्यस्तै राजश्व अनुसन्धान विभागमा कार्यरत मानबहादुर विक नाम गरेका कर्मचारीले राजश्व उठाउने नाममा विभिन्न व्यापारीहरुलाई तर्साउने काम गर्दै आएका छन् । सरकारले राजश्व उठाउनको लागि सातवटा पिलर खडा गरेको हुन्छ । ती सातवटै पिलरमा माओवादी निकट कर्मचारी सेटिङ गरेर महानिर्देशक बुढाले राम्रै कमाउधन्दा सुरु गर्दै छन् । यतिबेला राजश्व विभाग अन्तर्गत पर्ने शाखाहरुमा बस्ने कर्मचारीहरुले तत्कालीन महानिर्देशक मैनाली र हालका महानिर्देशक चक्र बुढाको कमाउने डिजाइन एउटै रहेको बताइरहेका छन् । अब महानिर्देशक बुढाले राजश्व अनुसन्धान विभागमा कस्ता कर्मचारी फिट गरेर काम गर्छन् त्यो एकिन भइसकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *