बालकोटको आदेशको पर्खाइमा रवि

राजनीति समाचार

काठमाडौं । दुःख पाइस मङ्गले आफ्नै ढंगले भनेजस्तै भयो गृहमन्त्री रवि लामिछानेको लागि सत्ता । पुरानो पार्टीको खेदो खन्दै कांग्रेसका बाख्रे काजीसँग चुनावमा मिलेका राष्ट्रिय ठगलाई जनताको बचत सहकारीबाट अजम गर्दै चितवन र काठमाडौँमा महल किनेर चौथी श्रीमती लिएर सत्ता स्वाद चाक्दा २०७९ को चुनावपछि एमालेका अध्यक्ष केपी ओलीले बोकेकै हुन् ओलीका निकटहरू परस्त्री प्रेमी र आर्थिक ठगीमा मुछिएका व्यक्तिहरु छन् । त्यही भिडमा सिद्धान्त, नीति नभएका ठग रवि लामिछाने मिलेका हुन् ।

कम्युनिस्टको नाममा एमालेले जनतालाई जसरी ठगे पनि सिद्धान्त पार्टीको दशौं अधिवेशनबाट प्रतिपादन गरेको हो । त्यसमा दुर्गाप्रसाई धेरै टिकेनन् । गृहमन्त्री पदका रवि लामिछाने सहकारी ठगीका नायक नै बनेर जीवि राई बेपत्ता बनाएर उम्काउने प्रयास हुँदाहुँदै सहकारी ठगीमा रुपन्देहीको र पोखराको सुर्यदर्शन सहकारी मुद्दा अदालत र प्रहरीको अनुसन्धानमा पर्दा आइजीपीले आफूलाई थाहा नदिएको रिस गृहमन्त्रीले पोख्दै छन् । जबकि अपराध अनुसन्धानको पाटो नटुङ्गिएसम्म कसैलाई जानकारी गराउन पाइँदैन ।

अपराध कर्ममा खराब चरित्रका रविले गृहमन्त्री नहुँदासम्म तत्कालीन सरकारलाई आफ्ना दोस्ती जीवि राई किन नपक्रिएको भन्ने गर्दथे । जब उनी गृहमन्त्री भए उनको व्यवहार छताछुल्ल भयो । अहिले प्रहरीमाथि रविको हैकम चल्दा प्रहरीभित्र उपेन्द्रकान्त अर्यालको भूतको रुपमा लिइने एआईजी श्याम ज्ञवाली चर्चामा छन् ।

ज्ञवाली नक्कली भुटानी प्रकरण छानबिनलाई बीचमा तुहाएर उपत्यका प्रहरीबाट प्रधान कार्यालय हुँदै सीआइबीको तालुकदार भएका पात्र हुन् । दानबहादुर कार्की, डा.मनोज केसीहरू आइजीपीका रुपमा ज्ञवालीलाई देख्न चाहन्छन् । उनीहरुले रविलाई दक्षिणा बुझाउने गरी प्रहरीभित्र सरुवा बढुवाको सूची तयार पार्दा कांग्रेसी आइजीपी बसन्त कुँवरको लेखा राख्दैनन् । त्यसैकारण गृहमन्त्री रविले कुँवरलाई बर्खास्त गर्ने कि बाँकी दश महिना प्रम कार्यालयमा सुरक्षा विज्ञ पद खडा गरी राख्ने भन्ने निर्णयका लागि बालकोटको इशारा पर्खेर बसेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *