अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन साम्बा नेपाल आइपुगिन्

खेलकुद समाचार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ राष्ट्रिय टोलीका लागि खेल्न नेपाल आइपुगेकी छन् ।

क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार बिहान काठमाडौं आइपुगेकी हुन् । आजदेखि सुरू हुन लागेको नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन साम्बा नेपाल आएकी हुन् । सोमबार साँझ हुने कीर्गिस्तानसँगको पहिलो खेलमा भने उनलाई बिश्राम दिइएको छ।

प्रशिक्षक राजेन्द्र तामाङले आज भर्खर आइपुगेकाले उनले आराम गर्ने जनाएका छन् । ६ वर्षअघि कीर्गस्तानसँग खेलेको नेपालले खेल ८–२ गोलले जितेको थियो । त्यसबेला साम्बाले ४ गोल गरेकी थिइन् ।नेपालले दोस्रो खेल बिहीबार लेबनानसँग र तेस्रो खेल आइतबार म्यानमारसँग खेल्ने छ । सिंगल राउण्ड रोबिन लिगबाट शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *