काठमडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा सम्बन्धी बनेको विधेयकलाई मापदण्ड ऐन बनाउने भएको छ । उच्च शिक्षासम्बन्धी कानुन मन्त्रालयबाट विधेयक फिर्ता भएपछि संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई उच्च शिक्षा मापदण्ड ऐन बनाउने भएको हो ।
कानुन आयोगमा भएको छलफलले मापदण्ड ऐन बनाउन सुझाव दिएको हो । सबै विश्वविद्यालयको ऐन आ–आफ्नो भएकालले मापदण्डमा एकरुपता बनाउन लागिएको मन्त्रालयको भनाइ रहेको छ । मापदण्डमा विद्यार्थी र प्राध्यापक संघ संगठन के गर्ने भन्ने पनि स्पष्ट गरिने भएको छ । शिक्षा मन्त्री विद्या भट्टराई विधेयकमाथि छलफल चलिरहेकोले थप परिस्कृत बनाउने काम भइरहेको उनले बताएकी छिन् । बताएकी छिन् ।
मस्यौदामा नेपालमा केन्द्रीय, प्रदेश र मानित गरी तीन प्रकारका विश्वविद्यालय कल्पना गरिएको छ । हाल सञ्चालनमा रहेकामध्ये त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयमा राखिएको छ ।