काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सीले आफ्ना मन्त्रीहरुलाई अमेरिकी हितमा अत्याधिक केन्द्रित भएकोले युक्रेनको दुलर्भ खनिज पदार्थ पहुँच सुनिश्चितमा प्रस्तावित हस्ताक्षर नगर्न निर्देशन दिएका छन् ।
युक्रेनलाई प्रदान गरेको सहयोगको मुआब्जा र भविष्यको सहयोगको भुक्तानीका रुपमा अमेरिकाले किभको दुलर्भ खनिज कसरी प्रयोग गर्न सक्छ भन्ने विषयमा केन्द्रित भएको उनले यस्तो बताएको हुन् । चीनमाथिको निर्भरता कम गर्न ट्रम्प प्रशासनले युक्रेनको खनिजमा रुचि राखेको युक्रेनी अधिकारीले बताएका छन् ।