अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप आजदेखि सुरु

खेलकुद समाचार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप काठमाडौंमा शुरू हुँदैछ।

सोमबारदेखि काठमाडौंको दशरथ रंगशालमा चार देश सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेभएका छन् । नेपालले आज कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ। यसअघि उद्घाटन खेलमा म्यानमार र लेबनानबिच दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ।

नेपालले म्यानमारसँग ३ तथा लेबनान र कीर्गिस्तानसँग १–१ पटक खेलेको छ । म्यानमारसँग जितविहिन रहेको नेपालले लेबनान र कीर्गिस्तानलाई भने हराएको थियो । म्यानमारसँग एक खेलमा ड्र खेल्नु नै नेपालको लागि ठूलो उपलब्धी हो । लेबनानसँग नेपालले गत वर्ष वाफ च्याम्पियनसिपमा सेमिफाइनलमा खेलेको थियो । जसमा नेपाल २–१ ले विजयी हुँदै फाइनल पुगेको थियो ।

यस्तै कीर्गिस्तानविरूद्ध भने सन् २०१९ मा भएको नाजेज्दा कपमा खेलेको थियो । कीर्गिस्तानमै भएको खेलमा नेपाल ८-२ ले विजयी भएको थियो । तर अहिले कीर्गिस्तानको टिममा धेरै परिवर्तन आइसकेको छ । चार टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि शीर्ष दुईमा रहने टोलीबीच फागुन १४ गते फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *