नरकान्तले छोराको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

अर्थ/वाणिज्य समाचार

काठमाडौं । एक दम्पतीले छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । भरतपुर ७ चितवन निवासी बुवा नरकान्त न्यौपाने र आमा सुनिता भण्डारीले आफ्नो कान्छो छोरा स्नितिक न्यौपानेको प्रथम जन्मदिनको अवसरमा दुई जना छोराहरू स्नितिक र श्रेयनलाई नै सानिमा रिलायन्स लाइफको मेरो मुटु बाल जीवन बीमा योजना उपहार दिएका हुन् ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा भविष्य सुनिश्चितको लागि सानिमा रिलायन्स लाइफको उक्त बीमा पोलिसी उपहार दिईएको बुबा नरकान्त न्यौपानेले बताए । मेरो मुटु बाल जीवन बीमा पोलिसीमा प्रस्तावक सहित बच्चाको सुरक्षा र प्राण घातक रोगको उपचार खर्च सुविधा समेत रहेको छ ।

छोराहरूको उच्च शिक्षा र उज्ज्वल भविष्यका लागि जन्मदिनकै अवसर पारेर बीमा पोलिसी मार्फत बचत गर्न सुरुवात गर्दा आफूलाई परिवार प्रति थप जिम्मेवार महसुस भएको विमितकी आमा सुनिता भण्डारीले बताउनुभयो । उनले फजुल तथा अनुत्पादक क्षेत्रमा गर्ने खर्च कटौती गरि सबै अभिभावकले आफ्नो छोराछोरीको सानिमा रिलायन्समा नै जीवन बीमा गर्न सुझाव दिए ।

उक्त कार्यक्रममा शाखा प्रमुख सुस्मिता न्यौपाने, मार्केटिङ्ग अफिसर प्रदिप पराजुली, कम्पनीका हाकिमचोक शाखाका एड्भाईजर कमल ज्ञावली सहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *