आरजुलाई बचाउन देउवा र ओलीको सहमति

राजनीति समाचार

काठमाडौं । जनता र राष्ट्रभन्दा पार्टीको नाममा सत्ता र स्वार्थको चाँजोपाँजो मिलाएर त्यसमा शासन गर्ने कांग्रेस र एमालेको संसदीय परम्परा फेरि सुरु भएको छ । संविधानसभाको पहिलो निर्वाचनको क्रेज जोगाउन नसक्दा माओवादी टुक्राटुक्रा भएको थियो । सबैलाई ठूलो पद सरकारी गाडी र आवासको व्यवस्था गर्ने राज्यको दायित्व थिएन । चुनावी मोर्चामा सहभागी भएबापत डा. बाबुराम अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म भए चुनाव नलड्ने भाग श्री ५ को खोज्ने मोहन वैद्य, सिपी गजुरेल अहिले व्यक्तिमा केन्द्रित भए । त्यो हालत देखेर नेत्रविक्रम प्रचण्डको पछि लागे । कमाई धन्दा चलाउँदा रामबहादुर थापा नेकपा शासनमा केपी ओलीतिर लागेर पनि पुत्रलाई बचाउन सकेनन् । पत्नी नैनकला थापाको चर्चा निकै छ ।

कांग्रेसको देउवा गुटकी डा. आज राणा बेचन झाको पक्राउले आत्तिएकी छिन् । उनकै सम्बन्धले तत्कालीन गृहमन्त्री र सचिवबाट नेपाली युवाहरू रातारात भुटानी शरणार्थी भए गृहसँग सम्बन्ध भएकाले भुटानी शरणार्थी नेता टेकनाथलाई त्यो गिरोहले भुटानका गाउँठाउँको परिचय लियो । सन्देश शर्माका बयानमा आरजु र मञ्जु खाडको नाम छ । एमालेका सुप्रिम केपी ओलीका भित्रिया डा. अजय क्रान्ति शाक्य, अन्जना शाक्य, राजेश्वर स्थापित पनि दोस्रो चरणको छानबिनमा छन् । समयले साथ दिँदा त्यतिबेला एआइजी श्याम ज्ञवाली प्रहरीको सिआइबीमा प्रमुख हुँदा बेचन झा र प्रतिकको पक्राउले देउवा र ओलीलाई मिलाएको हो । कांग्रेसले नक्कली भुटानी प्रकरणको ठगी टेरामक्स प्रकरण र गिरीबन्धु प्रकरण धनगढी जग्गा प्रकरणलाई रातारात दबाउन एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री पद सुम्पेर रवि लामिछाने र प्रचण्डलाई एकाएक सबक सिकाउने काम गरे ।

कांग्रेसको प्रस्ताव मानेर केपी ओली प्रधानमन्त्री बन्दा देशले अपराधीहरूलाई मुक्ति दिन्छ । संवैधानिक निकायमा केपी ओलीले चलाएको एकलौटी अभियान पनि सफल हुन्छ । रवि लामिछानेको पार्टी ध्वस्त हुन्छ । सहकारीमा जनताको बचत ठग्नेहरु माथि थालिएको संसदीय छानबिनले गति लिँदैन । किनकि सहकारी ठगीमा एमालेका ७० प्रतिशत, कांग्रेसका २८ प्रतिशत माओवादीसँग जोडिएका दुई प्रतिशत नेता कार्यकर्ता रहेको कुरा सञ्चारमाध्यमले खुलाएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको काँधमा बन्दुक राखेर पड्काउन थालेका एमाले अध्यक्षबाट प्रचण्डलाई धोका हुन नौलो होइन । ओली धोकेबाज प्रवृत्तिका व्यक्ति हुन् । जसले राष्ट्रिय स्रोत कब्जा गरेका छन् ।

पार्टी सरकारमा छ । परिवर्तनको स्थायित्वमाथि कतै संरक्षक कतै सहयोगी बन्नुभन्दा परिवारवादमै रमाएका कारण पुष्पकमल दाहालको टिम प्रति माओवादी भित्री साथ घटेको छ । सुप्रिमोको चाकडीबाट पत्रकार चलाउन खोज्ने मौखिक पत्रकारहरूलाई बेलाबखत ओम शर्माले दिने दनकले माओवादीको व्यवहार संकेत गर्दछ अहिले प्रचण्ड सरकारको दिनगन्ती सुरु हुँदा हर्षित हुने माओवादीहरू नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *