प्राकृतिक प्रकोप मौसमी नै हो भने राजनीतिक अन्योलता भने वेमौसमी हो । बर्षामासमा पाहाडमा पहिरो जाने र खोलानाला बढेर तराईमा डुबान हुने गर्दछ । यो क्रममा केही नेपाली जनताको ज्यान पनि जाने गरेको छ । नेपालमा चलेको परम्परा अनुसार असार मासमा मानो खाएर मुरी उव्जाउनु पर्ने बेला हो भनिन्छ । त्यसै गरी साउन महिनामा झरी नपरे अन्नको उव्जनी घट्छ भन्ने जनविश्वास छ । यो माहिनामा आकासमा एउटा तारा पनि देखिनु हुन्न भन्ने चलन छ । यदि एउटा तारा मात्रै पनि देखिएमा एक लाख मुरी अन्नको उब्जनी घट्ने दाबी बुढापाकाहरुको छ ।
अहिले नेपालमा उव्जनी बढेपनि घटेपनि कुनै मतलव छैन । नेपालको जग्गा जमिनहरु बाँझै छन र खानको लागि खाद्यान्न बिदेशबाट आयात गरिन्छ । युवाबिहिन भएको गाउँघरमा खेतबारीमा काम गर्न सक्ने उमेका कोही छैनन् । सबै वैदेशिक रोजगारीमा गईसकेको हुँदा घर कुरुवा बुढा बाबुआमा र केटाकेटीहरु मात्रै छन । स्कुलमा पढ्ने केटाकेटीहरुको पनि अभाव हुन थालेका छन । पाहाडका स्कुलहरुमा पढ्ने विद्यार्थी भन्दा पनि पढाउने शिक्षकहरु धेरै छन । यसपालि एसईईको नतिजा अनुसार कतीपय हिमाली र पाहाडी भेगका स्कुलहरुको नतिजा सुन्य नै भएकाछन ।
स्कुलमा पढाउने काम नहुदा शिक्षकहरु उपभोक्ता समिति बनाएर दलको झोले बनी ठेकाको काम गर्दै हिड्ने गरेका छन् । नेपालको गाउँ गाउँमा धुले सडक, बिद्युत नेटवर्क, पाईपको खानेपानी र ईन्टरनेट सञ्चार सुबिधा पुगेपनि त्यहाँ वसोवास गर्ने जनसंख्य ह्वात्तै घटेको छ । वैदेशिक रोजगारमा जान नसक्नेहरु पनि सहर बजार तिर बसाई सरीरहेका छन । केटाकेटीहरुलाई पढाउन र आफ्नो जीविका चलाउनको लागि पनि गाउँमा बस्नु भन्दा सहरमा बस्नु धेरै नै राम्रो र उपयोगी भएको देखिन्छ । गाउँ घरको सुरक्षा पनि राम्रो छैन चोर चकार र बन्यजन्तुको भय बढीरहेको छ ।
माओवादीले चलाएको जनयुद्धकालमा बिग्रेको सुरक्षाको स्थिति अझै सामान्य भएको छैन । असामाजिक र अधार्मिक क्रियाकलाप जस्तो गाई गोरु हाकाहाकी काटेर खाने घटनाहरु फैलिएका छन । समाजका पीछडिएको गरिव वर्गकालाई धर्म परिवर्तन गर्नेहरुले लोभलालच र भ्रममा पारी ईसाई धर्ममा लगाउने क्रम वेरोकटोक बढेर गएकोछ । केहि समय पछाडि यसले सामाजिक धार्मिक द्वान्द्वको रुप पनि नलेला भन्न सकिने अवस्था छैन । नेपाली जनताको सामाजिक हालत यसरी बिग्रिएर गएको बेलामा संघिय राजधानी काठमान्डौमा राजनीति गरी बसेका दलका सुकिला नेताहरुको लक्ष भने वेग्लै छ ।
खेतीपाती गर्ने र बिकास परियोजनाहरुको बिट मार्नु पर्ने यो बेलामा एमाले र नेपाली काँग्रेस गठजोड बनाएर प्रचण्ड सरकारलाई नै ढाल्ने चलखेल सुरु गरेकाछन । अस्ति सम्म चुपचाप बसेका एमाले र काँग्रेसहरु किन राजनीतिक हिसाबले आक्रमक भए कसैले पत्तो नै पाउन सकीरहेको छैन । नेपाली जनतालाई एमाले र नेपाली काँग्रेसको यो कदम नेपाल राष्ट्र र नेपाली जनताको हितमा नभएको लाग्दैछ । डाँडामा बाघ कराउने र गहिरामा बाख्रा हराउने यो कुनै कागताली परेको हो कि योजना अनुसार नै भएको हो अनुमान लागाउन निकै कठिन भएको छ । दलहरुको ३६ बर्ष लामो शासन कालमा भ्रष्टाचार र अपराध गर्ने बाहेक अन्य उदाहरणीय राम्रो काम केही पनि भएको छैन ।
भ्रष्टाचार र अपराधिक गतिविधि प्रकोप नै बनीसकेको अहिले अवस्थामा प्रचण्ड सरकारले त्यसको बिरुद्ध सशक्त कार्यबाहीहरु चलाएर नेपाली जनताको मनमा केहीहद सम्म उत्साह जगाउने काम गरेको छ । महाभ्रष्टाचारको नमुना बनेको गिरीबन्धु टि–स्टेट काण्डमा शीर्ष नेता ओलीनै मुछिएको हुनाले त्यसलाई निष्तेज पार्नको लागि उहाँ हतारमा प्रचण्ड सरकारलाई ढालेर आफ्नै नेतृत्वमा नेपाल सरकार बनेउने कसरत गर्दैछन । त्यस्तै एमाले दलको सहयोगी दल नेपाली काँग्रेसका शीर्ष नेता देउवालाई पनि नेपाली जनताले भ्रष्टाचार र आर्थिक अपराधको कुलदेबी मानेको आफ्नो श्रीमति आरजु देउवालाई नक्कली भुटानी शरणार्थी महाभ्राष्टाचार र अपराध काण्डबाट बाचाउनु पर्ने बध्यता र हातारमा छन । दुबैको स्वार्थ यसपटक ठ्याक्कै मिलेको हुँदा पृथ्वीको दुई ध्रुब जस्तो बन्दै आएको नेपालका दुई ठुला राजनीतिक दलहरु एमाले र नेपाली काँग्रेसका बिच गठबन्धन बनेको छ ।
यस्तो घटनाले नेपालको राजनीतिलाई तरंगित मात्र होईन राजनीतिका मैहुँ भन्ने पण्डितहरुलाई पनि अचम्मित तुल्याएको छ । नेपाल राष्ट्रलाई दलहरुले आर्थिक दृष्टिकोणबाट महाखोक्रो पारिसकेका छन् । लुट्दा लुट्दा चुस्ता चुस्ता नेपाल राष्ट्रको हाडखोड मात्रै बाँकी बचेको अवस्था छ । त्यही बाँकी बचेको हाडखोडलाई पनि बुकुनी बनाएर हजम पार्ने देउमा एमाले र नेका गठबन्धन बेनको देखिन्छ । एमाले र नेपाली काँग्रेसलाई नाराम्रो भन्ने यो क्रममा माओवादीलाई राम्रो भनेको भने पक्कै पनि होइन । शीर्ष नेता प्रचण्डको नेतृत्वमा समानुपातिक सहित ३२ साँसद भएको माओवादी एकता केन्द्रले पनि कहिले नेपाली काँग्रेस र कहिले एमाले सित गठबन्धन बनाउँदै नेपाल सरकारको नेतृत्व गरी नेपाल सिद्धाउने भष्मासुरको भूमिका निर्बाह गरीरहेका नै हुन ।
दलहरु कोही भन्दा कोही कम नभएको हुँदा जुकाले झै चुपचाप सित कुर्दै बसेर मौका पर्यो कि च्याप्पै टाँसिएर नेपाल राष्ट्रको आर्थिक स्रोतहरुको दोहन सुरु गरी हाल्छन । यस्ता दलका नेताहरु देखि नेपाली जनता वाक्क दिक्क भएकाछन र नेपालको दुरावस्थालाई मेटाउन राजनीतिक विकल्पको खोजीमा लागीपरेका छन । दलहरुले भ्रान्ती फैलाएर नै नेपाली जनतालाई ३६ बर्ष रींगाईसकेका छन । अब पनि त्यसरी नै रिंगाउन सकिन्छ कि भन्दै दाउपेच खेल्दै छन । राष्ट्रिय सरकार बनाउने र संबिधान संसोधन गर्ने जस्तो बाहानाबाजी गर्दैछन । संबिधान नै संसोधन गर्ने हो भने नेपाली जनताले मन नपराएका शासकिय स्वरुपलाई बदल्ने गरी पत्याभूति दिन सक्नु पर्छ । नेपाली जनातको मागहरुमा समानुपातिक साँसदको व्यवस्था हटाउने देखि लिएर प्रदेश खारेज गर्ने सम्मका छन । आर्थिक हिसाबले राष्ट्रको बोझ बन्दै गएको प्रदेश लगायत अन्य दोहोरो राजनैतिक संरचनाहरु खारेज भएमा नेपाल राष्ट्रको लागि ठुलो बचत हुने देखिन्छ र देश चलाउन कै लागि राष्ट्रिय ऋण लिनु पर्ने वर्तमान नाजुक अवस्था समाप्त हुनेछन । यो बाहेक पनि नेपाली जनताले चाहेको महत्वपूर्ण बिषयहरुमा राजतंत्र र हिन्दूराष्ट्रको वापसी पर्दछन । यो बिषयहरुमा जनमत संग्रह गरी आम नेपाली जनताको बहुमतबाट निर्णय गरिनु पर्छ । लोकतन्त्र भन्ने अनि नेपाली जनताले उठाएको राजनीतिक बिषयहरुको सुनुवाई नहुने हो भने नेपाल राष्ट्र फेरि जनआन्दोलनको चपेटाबाट गुज्रनु पर्ने दिन आउन सक्छ ।
माओवादीको मागलाई वेवास्ता गर्दा नेपाल राष्ट्र जनयुद्धको चपेटामा परेको थियो भन्ने कुरा दलका नेताहरुले यति चाँडै भुल्नु हुँदैन । जेहोस अहिले नेपालमा बिकसित राजनीतिक घटनाक्रमले नेपाली जनताको राजनीतिक अन्योलतालाई बढाएको महसुस हुँदैछ । नेपालको राजनीति र त्यसबाट बनेको नेपाल सरकार पहिले देखि नै आस्थिर थियो भन्ने कुरा दोहर्याएर भनी राख्नु पर्दैन । त्यहि अस्थिर राजनीति र नेपाल सरकारलाई हाल बिकसित राजनीतिक अवस्थाले झन अस्थिर तुल्याएको हुँदा नेपाली जनताको राजनीतिक अन्योलता थप बढेको हो । हाल बन्ने नेपाल सरकारको नेतृत्व शीर्ष नेता ओलीले गर्ने भनिएको छ । त्यहि सरकारलाई राष्ट्रिय सरकारको रुप दिन अन्य सबै दलहरुलाई पनि त्यसमा सहभागी गराउने अरे भन्ने चर्चा सुनिन्छ । एमाले र नेपाली काँग्रेस बिच भएको सम्झौताको भित्री पक्ष अहिले पनि गोप्य नै राखिएको हुँदा यसै हुन्छ भन्ने सकिने अवस्थामा विलकुलै छैन । सुनिए अनुसार एक पूर्व प्रधानन्यायाधिशको नेतृत्वमा संबिधान संसोधनको लागि कमिटि बन्ने भयो भन्छन ।
शीर्ष नेता ओली वा शीर्ष नेता देउवा दुबै पटक पटक नेपालको प्रधानमंत्री बनी सकेको हुँदा उहाँहरुको कार्य क्षमता र योग्यता बारे नेपाली जनतालाई राम्रै सित अनुभव छ । उहाँहरु नेपालको राजनीतिमा क्रमभंग गर्ने सक्ने वा नयाँ नौलो गरी देखाउने नेतामा पर्दैनन् । त्यसकारण नेपाली जनताले यो पछिल्लो राजनीतिक गठभन्धनबाट कुनै ठुलो राजनीतिक परिवर्तनको अपेक्षा राख्नु हुँदैन । ओली, देउवा, नेपाल, र खानालको तुलनामा प्रचण्ड धेरै गाणाले बढी परिवर्तनकारी हुन भन्नुमा कुनै संकोच मान्न जरुरी छैन ।