दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको निर्वाचन जारी, कसले मार्ला बाजी ?

प्रमुख विविध समाचार

भक्तपुर । भक्तपुरस्थित दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको नयाँ नेतृत्व चयनको लागि आज निर्वाचन हुँदै छ । समितिको निर्वाचन बिहान ७ः१५ बजेबाट सुरु भई बेलुका ६ः१५ बजेसम्म उपभोक्ताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । सो निर्वाचनमा पहिलो पटक इलोक्ट्रोनिक मेसिनबाट मतदान हुँदै छ ।

इलोक्ट्रोनिक मेसिनबाट मतदान भएपछि मतगणनामा धाँदली नहुने आँकलन गरिएको छ । इलोक्ट्रोनिक मेसिनबाट मतदान गर्न पाउने भएपछि उपभोक्ताहरु पनि उत्साहित भएका छन् । खानेपानी उपभोक्ता समितिको निर्वाचनमा अध्यक्षको लागि एमाले समर्थक कृष्ण खड्को प्यान र ६ दलीय समर्थनमा कांग्रेस निकट श्रीकृष्ण विष्टको प्यानबीच कडा प्रतिस्पर्धा हुँदै छ । दुई प्रतिस्पर्धीबीच पनि एक पक्षको भोट अर्को पक्षतिर मोडिने सम्भावना त्यत्तिकै छ ।

विभिन्न दल निकट कार्यकर्ताहरु आफ्नो प्यानल जिताउन हर प्रयास गरिराखेका छन् । यो खानेपानी उपभोक्ता समितिको जारी निर्वाचनलाई हेर्दा कुनै संसदीय दलको निर्वाचन भन्दा कम देखिँदैन । खानेपानी जस्तो सम्वेदनशील संस्थाको उपभोक्ता समितिको निर्वाचन स्वच्छ प्रतिस्पर्धाबाट सक्षम व्यक्ति छनोट गर्नुपर्नेमा त्यो नगरी अस्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छनोट हुँदा खानेपानी उपभोक्ताहरुलाई भोलिका दिनमा समस्या नहोला भन्न सकिन्न ।

खानेपानीको लागि स्रोत, साधनको व्यवस्थापन गर्नुपर्ने, खानेपानीको स्रोत खोज्नुपर्ने र मर्मत, संभार र पानीको स्रोत उत्खनन् गर्नुपर्ने हुन्छ । तर, त्यतातिर ध्यान नदिएर राजनीतिक रंग दिएर अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । अस्वस्थ प्रतिस्पर्धाबाट छानिएका प्रतिनिधिहरु भोलिका दिनमा कसरी खानेपानी संस्थालाई कसरी अगाडि बढाउँछन् त्यो हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *