काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय प्रवेशको सय दिन मनाएका छन्।
मिचिगनका आफ्ना समर्थकको माझमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो कार्यकाललाई ‘रिभुलेसन अफ कमन सेन्स’ को संज्ञा दिएका छन् । आफू अर्थपूर्ण परिवर्तनका लागि सक्रिय रहेको समेत ट्रम्पले बताए। ट्रम्पको शासनकालको पहिलो सय दिनमा धेरै आप्रवासी अमेरिका फिर्ता पठाइसकेको छ। यसै बीचमा उनले नै शुरु गरेको व्यापार युद्धका कारण अर्थतन्त्रमा समस्या देखिएको छ। यसले ट्रम्पको लोकप्रियता ह्वात्तै घटेको छ। डेट्रोयटमा उपस्थितलाई सम्बोधन गर्दै उनले आफूले भर्खरै केही गर्न खोजेको तथा सही परिणाम आउन अझ धेरै लामो समय लाग्ने समेत बताएका छन्।