वीरगञ्जमा लक्ष्यअनुसार राजस्व सङ्कलन नहुँदा घरदैलो अभियान,औसत ८० प्रतिशतभन्दा धेरैले कर नतिरेको

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ । चालु आर्थिक वर्षमा ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३७ करोड ३३ लाख मात्र उठेकाले अभियान थालिएको हो ।

वीरगञ्ज महानगरको टोलीले गत आइतबारदेखि दैनिक १३० वटा पसलको अनुगमन गर्दा औसतमा ८० प्रतिशतभन्दा धेरै पसलले कर नतिरेको भेटिएको छ । महानगरको टोली अनुगमनमा आएपछि मीनाबजार, घण्टाघर चोक, लिङ्करोडलगायत स्थानका व्यापारी तथा व्यवसायी सटर बन्द गरेर भागेका थिए । व्यवसायीले व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न आनाकानी गरेकाले अभियान थालिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *