आफनो जीवन संकटमा परेको क्षण मानिसहरुले सर्वप्रथम आफ्नो मातालाई सम्झने गर्दछन । आमाले पनि आफ्ना सबै सन्तानलाई बराबरी माया गर्छिन अनि आफ्नो कुनै पनि सन्तानको जीवन नै जानेगरी कतैबाट आक्रमण भएमा त्यसको प्रतिकार निःस्वार्थ रुपले गरी हाल्छिन । नेपाल राष्ट्र र नेपाली जनता यति बेला चारै तिरबाट संकट नै संकटले घेरिएको हुँदा आमाले जस्तै नेपाली जनतालाई माया गर्ने राजालाई आफ्नो सहायता गर्नको लागि गुहार्दै छन् ।
यस्तो आपद् विपद् नेपाल राष्ट्र र नेपाली जनता माथि आइलाग्नुमा ३७ बर्ष पहिले देखि अहिले सम्म शासन सत्ता सम्हालेर मोजगरी बसेका दलहरुको गलत नीतिहरु कै कारणले हो । केहि बर्ष अघि देखि नै नेपालको कमजोर हवाई सुरक्षा नियम कानुन र कार्यान्वयनलाई देखाएर युरोपियन युनियनले नेपालबाट युरोपतर्फको हवाई उडानलाई प्रतिबन्ध लगाएको थियो सो आजसम्म पनि कायम नै रहेको र सत्तामा पुगेका बिभिन्न राजनीतिक दलहरुले बनाएको नेपाल सरकारले उक्त प्रतिबन्ध फुकाउनको लागि कुनै ठोश प्रयास अहिले सम्म सुरु गरेका छैनन् । हाल सालै पनि जी ७ मुलुकहरुको संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (ँब्त्ँ) को प्रतिवेदनमा गरिएको सिफारिस अनुसार नेपाल राष्ट्रलाई दुई बर्षको लागि ग्रे सूचिमा हालिएको छ ।
नेपालमा भइरहेको वेरोकटोक भ्रष्टाचारलाई कारण देखाउँदै त्यसबाट अन्तर्राष्ट्रिय आतंककारीहरुले नेपालमा लगानी गरी मुनाफा कमाउने र सोकमाएको मुनाफालाई संसार भर थप आतंक फैलाउनको निमिक्त लगानी दुरुपयोग गर्न सक्ने संभावनलाई औंल्याएका छन । दुई कक्षा सम्म अध्ययन गरेका वर्तमान आर्थमंत्री बिष्णु पौडेलले उक्त ग्रे सूचिबाट चाँडै हटाउने प्रतिबद्धता जनाएको भएतापनि जमिनीकाम अहिले सम्म सुरु गरिएको छैन । उक्त ग्रे लिस्टमा परेकै कारण नेपालको लागि अनुदान सहायता रोकिने र ऋण सहायता कम गर्दै लाने र जी ७ राष्ट्रमा नेपालीहरुले सजिलै यात्रा गर्नको लागि भिषा नपाउने भएकाछन ।
डाँडामा बाघ कराउनु र गैह्रामा बाख्रा हराउनु भनेको जस्तो जी ७ को नेतृत्व गरी राखेको प्रमुख राष्ट्र अमेरिकाले अमेरिकी एमसीसी परियोजनाको लागि दिने भनिएको पूर्ण अनुदान साहायता पनि खारेज गरीसकेकोछ । सोही सहायता लिनको लागि बिदेशीका दलालको रुपमा नेपालमा शासन गरी बसेका दलका महाभ्रष्ट शीर्ष नेताहरुले धेरै ठुलो नाटक मञ्चन गरेका थिए जसको प्रत्येक्ष भोगी र साक्षी सबै नेपाली जनता बनेकाछन । अमेरिकाको वर्तमान राष्ट्रपति ट्रम्पले एमसीसीको पूर्ण अनुदान सहायता खारेज गर्नु भन्दा पहिलेनै अमेरिकी गैरसरकारी संस्था युयसएआईडी मार्फत नेपालीले पाउँदै गरेको परियोजनाहरुको लगानी सहायतालाई रोकीसकेका छन ।
अमेरिकी गैरसरकारी संस्था युएसएआईडीबाट भत्ता पाउने नेपालका राष्ट्रिय गैरसरकरी संस्थाहरुको काम पनि प्रभावित भएका छन् । नेपालमा जीविकाको लागि नियमित रोजगारी पाउन नसक्दा आर्थिक रुपले सक्रिय परिवारिक सदस्यलाई नै वैदेशिक रोजगारीमा पठाउन नेपाली जनता बाध्य भएकाछन । यसरी नेपालबाट युवाहरु करोडको संख्या बिदेश पलायन भएको हुँदा नेपालको गाउँ घर मात्र होइन सहरहरु पनि सुनसान बन्दै गएको महसुस हुन थालेको छ ।
विवाह गर्ने उमेरका युवापिढी परिवारको जीबिकोपार्जनको लागि बिदेश लागेपछि नेपालमा चल्दै आएको परिवारिक संस्था पनि संकटमा परीरहेको छ । जन्म दर घटेकाले स्कुल देखि विश्वविद्यालय सम्म पढ्ने उमेरको विद्यार्थीहरुको अभाव हुन थालेको छ । दलहरुको वैदेशिक रोजगार नीतिको कारण नेपाल राष्ट्र बिस्तारै बिघटनको मार्गमा अगाडि बढीरहेको छ भने त्यसलाई छेकथुन गर्ने प्रयास दलहरुबाट भइरहेको छैन । दलहरुको वर्तमान काम कारवाहीले गर्दा नेपाल राष्ट्र र नेपाली जनताको भविष्य यसरी बर्बाद बन्दै गइरहेको अवस्था नेपालमा विद्यमान रहेको छ । दलहरुले कुनै ठोश अध्ययन र अनुसन्धान बिना नै वनाएको फाल्तु परियोजनाहरुले गर्दा एकातिर राष्ट्रको महत्वपूर्ण लगानी खेर गईरहेको छ भने अर्को तिर नेपाली जनताको थाप्लोमा बिदेशी ऋणको भारी लगातार बढेर गएको गएकै छ ।
यस्तो बिदेशी ऋण दलहरुले २७ खर्व पुर्याएकाछन जुन नेपालको कुल ग्राह्यस्त उत्पादनको आधाउधी भईसकेकोछ । साथै दलहरूले परियोजनामा गरिएको भनिएको ऋण लगानीको ठुलो हिस्सा भ्रष्ट दलका नेताहरु र निजामती हाकिमहरुले मिलेर नै भ्रष्टचार गरी खाईरहेका छन । यसको सबै भन्दा ठुलो प्रमाण भनेको १३ खर्ब वेरुजी खर्चलाई नै मान्न सकिन्छ । यसरी नेपालमा बिदेशीले दिएको ऋण सहायता देखि लिएर अनुदान सहायता सम्म बालुवामा पानी खन्याएको झै त्यसै खेर गईरहेकाछन । वैदेशिक रोजगारीमा गएका नेपाली युवापिढीले कमाएर पाठाएको बिदेशी मुद्राको आम्दानीले गर्दा नेपाल राष्ट्रको आयात खर्च धान्नको लागि बिदेशी ऋण लिन परिराखेको छैन ।
कोभिड १९ ताका बिदेशी मुद्राको सञ्चिती अप्रत्यासित रुपमा घटेर जाँदा नेपालमा निकै हाहाकार भएको थियो । आर्थिक संकट टार्नको लागि बिदेशी ऋण लिनै पर्ने वा नेपाल राष्ट्रको लागि अतिआवश्यक आयात रोक्नु पर्ने अवस्था थियो । अहिले वैदेशिक रोजगारी ह्वात्तै बढेको हुँदा त्यसबाट नेपाल राष्ट्रलाई प्राप्त हुनै बैदेशी मुद्राको सञ्चिती पनि उच्च रहेकोछ । अब जति आयात गरे पनि जति बिदेश घुम्न गए पनि नेपालीको लागि बिदेशी मुद्राको कुनै अभाव छैन र बिदेशी मुद्रा कै लागि थप बिदेशी ऋण लिईराख्नु पर्ने बाध्यतामा अहिले नेपाल राष्ट्र छैन ।
तर पनि नेपालमा आर्थिक संकट फर्किने वा आउँदै नआउने अवस्था छ भनेर ठोकुवाको साथ भन्न अथवा दाबी गर्न सकिन्न । नेपालको युवापिठी वैदेशिक रोजगारीमा गए सम्म र भए सम्म मात्रै नेपाली जनताको लागि बिदेशी मुद्राको अभाव नहुने पत्याभूति दिन सकिन्छ । साथै युद्ध चर्केको अवस्थामा वा रोजगार दाता मुलुकले नचाहेको अवस्थामा नेपाली युवापाढीले पाउँदै आएको रोजगारी गुमाउने छन भने त्यसको प्रभावले नेपालको अर्थतन्त्रमा बिदेशी मुद्राको कमी आउनेछ । नेपालको पर्यटन सेवाको हालत पनि त्यस्तै नै हो । बिदेशी पर्यटन आउने नआउने भन्ने कुरा नेपाल राष्ट्रको नियंत्रण भित्र नहुने हुँदा युद्ध फैलिएको अवस्थामा वा कोभिड १९ जस्तो रोग भैलिएको अवस्थामा नेपालको पर्यटन व्यवसायीहरुले बिदेशी मुद्राको आम्दानी गुमाउने छन र त्यसको नकारात्मक प्रभाव नेपालको अर्थतन्त्रमा बिदेशी मुद्राको अभावको रुपमा देखा पर्नेछन् ।
नेपालका हालका प्रधानमंत्री के. पी. ओलीले चीन सरकार सित बोर्डर रोड ईनिसिएटिभ (द्यच्क्ष्) परियोजनाहरुको लागि सम्झौता गर्दाको बखत अनुदान मात्रै लिने तर ऋण नलिने भन्ने मनसाय नेपाली जनतालाई सुनाएका थिए तर लिखितमा के गरे सार्वजिनिक रुपमा थाहा छैन । यसरी हाँसको जस्तो दुध र पानीलाई अलग पारी पिउने क्षमता भएमा मात्रै ऋण र अनुदानलाई अलग पारी लिन वा उपयोग गर्न सकिन्छ । तर भ्रष्टाचारमा लिप्त राजनीतिक नेतृत्व र निजामतीका कर्मचारी नेतृत्वले आपसमा मिलोमतो गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बिआरआई अन्तर्गतको चीनिया लगानी कै हालतमा पनि पुर्याउन सक्छन जुन यति बेला नेपालको सबै भन्दा ठुलो भ्रष्टाचारको उदाहरण बनीरहेको अवस्था छ । यसरी नै दलहरुले गरेका अनेक भ्रष्टाचारका काण्डैकाण्डहरुले गर्दा नेपाल राष्ट्र र नेपाली जनता चारैतिरबाट संकट नै संकटले घरिएको अवस्थामा पुगेकाछन ।
यस्तो बेलामा दलका शीर्ष नेताहरुले झन थप बिदेशी ऋण लिएर त्यसबाट थप भ्रष्टाचार बढाएर नेपाली जनतालाई राहत होईन की थप आहत बनाउँदै निर्बाद रुपमा दलहरुले भ्रष्टाचारलाई अगाडि बढाई नै राख्नेछन । लौ हामीबाट गलत भयो अब सच्चिएर अगाडि बढ्नु वा बढाउनु पर्छ भन्ने सम्मको सकरात्मक विन्तन सम्म पनि दलका शीर्ष नेताहरुले महसुस गरिराखेका छैनन् । यस्ता दलका शीर्ष नेताहरु अक्षम मात्र नभएर मूर्ख पनि हुन भन्ने कुराको प्रमाण निरन्तर नेपाली जनतालाई प्राप्त भईराखेको नै छ । आफैले भोट हालेर चुनेका दलका शीर्ष नेताहरुबाट नेपाली जनताले लगातार उपेक्षा र धोका पाउँदा नेपाली जनता निकै पीडित र संकटमा पुगेको महसुस गर्दैछन । यस्तो अवस्थामा पुगेका नेपाली जनताले नेपाल राष्ट्रको अस्तित्व बचाउनको खातिर अनि आफ्नै आत्मसम्मानको लागि राजा आउ देश बचाउ भन्दै हरगुहार माग्नु स्बभाविक नै छ । लोकतन्त्रको नाममा दलका शीर्ष नेताहरुले पुलिस राज चलाईरहेकाछन । तिनीहरुले नै बनाएको नेपालको संविधान २०७२ ले प्रत्याभूति गरेको मानव आधिकारको धज्जी दलहरुले नै उडाइरहेका छन् ।
संघियता र गणतन्त्रको नाममा दलतन्त्र र नेतातन्त्र नेपालका दलहरुले निरन्तर चलाईरहेकाछन । प्रहरी द्वारा नेपाली जनतालाई मरनासन्न हुने गरी सार्वजनिक थलोमा नै पिट्ने गरेको दृश्य आम कुरा भएको छ । साथै सत्तामा भएका दलहरुको राजनीतिक कार्यकर्ताहरुको हातबाट तिनीहरुका नेता बिरुद्ध नारा लगाउँदा पनि आम नेपाली जनताले सार्बजनिक स्थलमा नै पिटाईखानु परी नै रहेकाछन । यस्तो लोकतन्त्र दलका नेताहरुको लागि राम्रो भएको छ भने आम नेपाली जनताको लागि हात्तीले देखाउने दाँत जस्तो मात्रै सावित भएको छ ।
नेपाली जनताको दलहरु प्रतिको मोह अब स्वतः समाप्त हुदै गएको छ । पहिले दलहरुले फैलाएको गलत प्रचार प्रसारको भ्रमहरुबाट प्रभावित भएर नेपाली जनता राजाको बिरुद्धमा उभिएको थियो । अहिले दलहरुले फैलाएको भ्रमबाट मूक्त हुँदै गएपछि मुखमा राम राम बगलीमा छुरा बोकेका दलका शीर्ष नेताहरुलाई नजिकैबाट हेरी देखी अनुभव सम्म गरिसकेपछि नेपाली जनताको तेस्रो आँखा खुल्न सुरु भएकोछ । राजाले पनि नेपाली जनतासित हतेमालो गरीसकेको अवस्थामा अब भ्रष्ट दलहरुका भ्रष्टनेताहरु नेपाली जनताको तेस्रो आँखाबाट निस्केको ज्वालाबाट बच्न कसै गरेपनि सक्ने छैनन् । नेपाल राष्ट्र र नेपाली जनतालाई भष्म पार्दै हिडेका दलका महाभ्रष्ट शीर्ष नेताहरु अब चाँडै स्वयम भष्म हुनेवाला छन् ।