होला त यी काण्डको छानबिन

राजनीति समाचार

काठमाडौं । मुखले समृद्धि र विकासको कुरा गर्ने मान्छे यो मुलुकमा चौथो पटक प्रधानमन्त्री भएका छन् । केपी ओलीले अर्बाैं खर्च गरेर टावर बनाउने तर आजका दिनबाट देशभरका तुइन हटेर त्यहाँ पुल बन्छन् भन्ने उद्घोषण गरेको तीन कार्यकालमा पनि पुरा भएन । झापा सदर मुकामबाट १९ किमि पर बनेको टावर मेडिकल माफिया दुर्गा प्रसाईंले प्रचार गरेकै छन् । टावर बनेको छ, त्यहाँ जाने मानछे छैन ।

त्यो सञ्चालन गर्न कसले हो । विरंग खोलाको बगरमा २२ तलाको टावर बनेको छ । ४ अर्ब रुपैयाँ खर्च गरेर बनेको त्यो टावर दमकबाट १९ किमि टाढा छ । अब यस्ता टावर कति बन्छन् । कांग्रेस र एमालेको विकासमा मोति दुगड र विनोद चौधरीहरु कति छटपटाउँछन् जनताले त्यो हेर्नुछ ।

असार १५ बाट बेचन झा र प्रतिक थापाको पक्राउले कांग्रेसी र एमालेबिच जुन सम्झौता गरायो, त्यसले डा.आरजुले लिएको १६ करोड, ब्रजेश शाक्यले लिएको ९ करोड त्यसै त पच्यो भने गिरिबन्धु काण्ड र टेरामक्स प्रकरणको कुरा संसदमा उठाउने ठाउँ रहँदैन । एमालेको जलारी काण्ड, ओम्नी, धर्मशाला, थामसेकु काण्ड त लोप हुन्छन् नै । सर्वाेच्चमा पुगेको रवि लामिछानेको सहकारी काण्ड पनि लोप नहुने भन्ने छैन । केपी ओलीले तुइन हटे भनेको ३ वर्षका बिचमा पृथ्वी राजमार्गको गोरखा, धादिङ जोड्न कति हटे कति छन् । त्यसको तथ्यांक सरकारले लियो कि लिएन ? कर्णालीका धेरै ठाउँमा तुइन छन् । प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसँग ओलीको समन्वय छ कि छैन ?

समृद्धि र विकासको कुरा गर्नेहरुको काम भनेको अबको फेसबुके प्रचार हो । संसदको दोस्रो ठूलो दल नेकपा एमालेको समृद्धि र विकास त्यही हो । जनजीविकाका बारेमा चासो नहुने राज्यको श्रोतमा मनपरी गर्न टावर बनाउने योजना केपी ओलीको यो कार्यकालमा झन् फस्टाउने अपेक्षा गर्नु पूर्वाग्राही हुन्न ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *