एसईईसँगै कक्षा १२ को रिजल्टको अवस्था पनि नाजुक

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । विगत लामो समयदेखि सरकारले शिक्षा क्षेत्रमा ठूलो मात्रामा लगानी गर्दै आएको छ । सो लगानी आब. २०८०÷८१ मा आएइपुग्दा बालुवामा पानी जस्तै हुन पुगेको छ । गत असार १५ गते एसईईको प्रकाशित रिजल्टमा धेरै विद्यार्थीहरुले कक्षा ११ पढ्न नपाउने भएका थिए । सामुदायिक विद्यालयका विद्यार्थीहरु एसईई परिक्षामा राम्रो अंक ल्याउन नसकेपछि कक्षा ११ को लागि पढ्ने विद्यार्थीको संख्या न्युन रहेको छ । त्यसैगरी गत शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित भए तापनि सो रिजल्टमा धेरैजसो विद्यार्थीहरु फेल भएका छन् ।

कक्षा १२ को परिक्षाको लागि झण्डै ३ लाख ९१ हजार विद्यार्थीले परिक्षा दिएका थिए । त्यसमा २ लाख ४ हजार विद्यार्थी मात्रै पास भएका छन् । अधिकांश विद्यार्थीहरुले नेपालीमा मात्रै पास गरेका छन् । अंग्रेजीमा विद्यार्थीहरु झन् कमजोर बन्दै गएका छन् । एसईई परिक्षामा फेल भएका विद्यार्थीले दोहो¥याएर परिक्षा दिने व्यवस्था रहेको छ तर कक्षा १२ का विद्यार्थीलाई त्यो व्यवस्था गरिएको छैन ।

शिक्षा क्षेत्र जस्तो महत्वपूर्ण ठाउँलाई राजनीतिक भर्तिकेन्द्र र भन्सुनको आधारमा चल्ने भएपछि सामुदायिक विद्यालयका विद्यार्थीदेखि प्राइभेट कलेज, स्कुलका विद्यार्थीसमेत परिक्षामा पास हुन सकेका छैनन् । निजी विद्यालयका विद्यार्थीका अभिभावकहरुले खाइनखाइ महङ्गो शुल्क तिरेर आफ्ना छोराछोरीलाई स्कुल कलेज पढाउँदा फेल भएपछि चिन्तित भएका छन् । यस्तै परिस्थिति रहने हो भने आगामी दिनमा शिक्षा क्षेत्र कसरी चलायमान बन्ने हो त्यो यकिन छैन । विद्यार्थीले परिक्षामा राम्रो अंक नल्याउनु शिक्षा तथा प्राविधिक मन्त्रालयको कमजोरी देखिन्छ । यस्तो कमजोर पढाइ हुँदा मन्त्रालयका सम्बन्धित निकायले शिक्षकहरुमाथि अनुगमन गर्न सकेको छैन । परीक्षाको नतिजा नाजुक भएपछि सामुदायिक विद्यालयका शिक्षक, शिक्षिकाले समाजको अगाडि मुखदेखाउन मुस्किल परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *