असल राजनीतिक संस्कारको विकास कहिले हुने ?

राजनीति समाचार

नेपालको राजनीतिक संस्कारबाट कोही राजनीतिक दलसँग आवद्ध नभएका स्वतन्त्र जनता सन्तुष्ट देखिँदैनन् । समयसँगै समाज परिवर्तन हुँदै जान्छ । तर हामीले व्यवस्था परिवर्तन गरेर समाज र देशमा परिवर्तन भयो भन्ने दाबी राजनीतिक दलले गरिरहँदा हामीहरुले मुलुकमा कस्तो राजनीतिक संस्कारको विकास ग¥यौं भन्ने कुराको मूल्याकंन भने गरेको पाइँदैन ।

असल राजनीतिक संस्कारलाई लत्याउँदै जुनै विचार सिद्धान्तसँग पनि आफ्नो फाइदाका लागि गठबन्धन गर्ने, पदीय भागवण्डा गरेर निकटका व्यक्तिहरु चयन गर्ने, उच्च राजनीतिक तहबाटै भ्रष्टाचारलाई प्रश्रय दिने, स्वार्थको राजनीति सञ्चालन गरेर गठबन्धन गरी निर्वाचनमा होमिने काम गरेर गलत राजनीतिक संस्कारको विकास गरिएको छ । अझ भन्नुपर्दा समावेशिताको नाममा समानुपातिक निर्वाचन प्रणालीबाट आफ्ना श्रीमती, दिदीबहिनी, निकटका व्यक्तिहरुलाई सांसद बनाउने गरिएको छ । कतिपय अवस्थामा त सांसद पद किनबेच नै हुन्छ । यस्तो खराब राजनीतिक संस्कारको विकास गरेर युवापुस्तालाई समेत राजनीतिप्रति घृणा सिर्जना हुने काम गरिएको छ । यसरी गलत राजनीतिक संस्कारले मुलुकलाई दिशानिर्देश गर्न सक्दैन ।

अहिले स्थानीय र प्रदेश सरकारमा पनि एमाले–कांग्रेस गठबन्धनका कारण कामहरु अगाडि बढ्न सकेको छैन । सरकारले स्थानीय तहसम्म हस्तक्षेप बढाएको देखिन्छ । पछिल्लो राजनीतिक संस्कारले युवापुस्तामाझ राजनीतिप्रति वितृष्णा सिर्जना गर्दै लगेको देखिन्छ । अस्थिर र खराब राजनीतिक संस्कारले सिर्जना गरेको धरासायी अर्थतन्त्रको भुक्तभोगी बनेर वैदेशिक रोजगारका लागि जाने श्रमशक्तिले पनि मुलुकमा कस्तो अवस्था सिर्जना भएको छ भन्ने देखाउँछ ।

बाध्यता नभएर रहरका लागि विदेसिएको नेपालमा बसेर राज्यस्रोतको दोहन र शक्तिको दुरुपयोग गरेर लुट मच्चाएकाहरुले भन्दै आएका छन् । वास्तविकता के छ नेपाली जनता सबैलाई अवगत नै छ । तर आफ्नो स्वार्थका लागि स्वार्थ अनुरुपकै कुरा गर्ने खराब राजनीतिक संस्कारका कारण नेपाली जनता विचलित हुन पुगेको देखिन्छ । जबसम्म राजनीतिक संस्कार सच्चिँदैन, राजनीतिक दलहरु सच्चिँदैनन्, तबसम्म मुलुकमा समृद्धि र सुधारको परिकल्पना पनि गर्न सकिँदैन । कार्यकर्ता र निकट पोस्ने तर जनता झुक्याउने परिपाटीको अन्त हुनैपर्छ । जनता यी राजनीतिक दल र भ्रष्टहरुको चंगुलबाट उम्कन सक्ने अवस्था नै सिर्जना गरिएको छैन । विभिन्न आरक्षण र समानुपातिकका नाममा राजनीतिक दलहरुले जनतालाई बाध्यात्मक विकल्प मात्रै दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *