काठमाडौं । राजनीतिमा चुलबुले बानीले ठूलो फड्को मार्दैन । तत्कालीन सत्ता स्वार्थ र पदको लोभले त्यस्ता नेता सकिन्छन् भन्ने उदाहरण हुन् माओवादी अध्यक्ष प्रचण्ड । प्रचण्डकै कारण हिजो नेपाली कांग्रेससँग भएको सत्ता सम्झौता ध्वस्त भयो । प्रचण्डले माधव नेपाल र शेरबहादुर देउवालाई हिस्स पारेर एमालेका केपी ओली जस्ताको कुरा पत्याए ।
स्वार्थका लागि प्रचण्ड यस्ता जालझेलका कुरा पत्याउँछन् । त्यसले भोलि कस्तो प्रभाव पार्छ हेर्दैनन् । सत्तामा रहँदासम्म प्रचण्डले के गरे उपेन्द्रको पार्टी फुटाएर केपी ओलीलाई सघाए । उपेन्द्र यादवसँगको सम्बन्ध तोडे । आफ्नो कुर्सी बलियो र स्थायी बनाउन माधव झलनाथ नेत्रविक्रमचन्दलाई समाजवादी मोर्चाको बढी आवश्यकता छ भन्न लगाए तर अहिले तिनै उपेन्द्र अशोक राईलाई अप्ठ्यारो पार्ने गरी ओली नेतृत्वको सरकारलाई सहयोग गर्दैछन् ।
एमालेका केपी ओली जस्ताले देश हाँकेका छन् । ओलीको काम भनेको जसरी हुन्छ कमाउने हो । ओलीले भ्रष्टाचार गर्दिन भन्नु र सूर्य पश्चिमबाट उदाउँछ भन्नु एकै हो । प्रधानमन्त्री हुनासाथ जनताबाट १८ घण्टा लोडसेडिङमा बस्दा २४ घण्टा बिजुली उपयोग गरेर २ अर्ब ४० करोड विद्युत महसुल नतिर्ने होटल हिल्टनका मालिकको सेवक किन भए । जबकि ८ अर्ब २६ करोड विद्युत महसुल नतिर्ने कि पक्षमा प्रधानमन्त्री र २०५३ सम्मको सुकुम्बासी अर्थमन्त्री विष्णु पौडेलले खुलेर प्राधिकरण विरुद्ध लागेको बताइन्छ ।
अहिले प्रचण्डलाई पार्टीभित्रैबाट डर छ । तीन वर्षसम्म अध्यक्ष हुने प्रधानमन्त्री बन्दा परिवारवाद स्वार्थ सत्ताबाट हटेपछि स्वार्थको कारण पार्टी ध्वस्त छ । नेत्रविक्रमचन्द अधुरो क्रान्ति सफल पार्ने एनसेलको टावरमा बम हान्ने र प्राप्त बीमाको कमिसनले ५४ बिघा खेत जोडेका सर्वहारा पाँच बिघा दलितको नाममा नर्वेजियन फण्डबाट रकम पनि लिए । खड्ग विक र धर्मेन्द्र बास्तोला पनि उस्तै हुन् । महाधिवेशन गर्न जम्मा गरेको चन्दा लिएर वैद्यलाई लत्याएका छन् । माओवादी भनेका सुन तस्कर, रक्तचन्दन तस्कर हुन् भन्ने कुरा छर्लङ्ग हुँदा स्वार्थको जालझेल गर्ने अध्यक्ष प्रचण्डको पछि लाग्नेको हुन्छ ।