बालेनको प्रचारले ओली–देउवा आक्रोशित

राजनीति समाचार

काठमाडौं । काम जसले प्रचार गर्छ, उसकै हुन्छ । काठमाडौँ महानगरमा खोला उतारियो । फोहोर संकलन छुट्याइयो । इन्द्रचोकमा फुटपाथ बढ्दै छ सडकको ढलसुधारिँदै छ । पैसा सरकारको हो तर चर्चा बालेनको छ किन प्रधानमन्त्री हावाको भाषण गर्छन् । २ अर्ब ४० करोड विद्युत महसुल नतिर्ने व्यापारीसँग सम्बन्ध जोगाउनु छ । हिल्टन होटलको कामनपा २१ स्थानीयवासीमाथि दिएको हैरानी प्रम केपी ओलीलाई चासो हुन्न त्यहाँ स्थानीय सरकार बालेन पुगे, जनताको पीडा बुझे तर प्रधानमन्त्री पुगेन । कांग्रेस सभापतिले त्यो देख्दैनन् जनता विरोधी प्रधानमन्त्री र कांग्रेस सभापति हुन् भन्ने यो प्रमाण हो ।

कुरा गर्नेभन्दा काम गर्नेको चर्चा हुन्छ । बालेनको नाममा तीजको गीत बज्यो । केपी र देउवालाई खुल्ला मञ्चमा देश छोड भन्न प¥यो । नेतृत्वले जनताको भावना बुझ्थ्यो भने ओली प्रधानमन्त्री छन् चर्चा हुनुपर्दथ्यो । तर उनको ध्यान राज्यस्रोत लुट्ने माफिया राजस्वमा र तस्करहरूमा छ । बालेनले सडकमा चिया बेचेर कलेज पढ्ने विद्यार्थी, साग बेचेर ज्यान पाल्ने वृद्धवृद्धामाथि अत्याचार गरेका छन् । तर पनि खुल्ला मञ्चमा होस् वा बौद्ध क्षेत्रको गाईजात्रामा बालेनको प्रशंसा भएको छ । केपी ओलीलाई भ्रष्टाचारी भन्न थालियो ।

सरकारले जनताको हितमा काम गर्न १ सय दिन पुग्नै पर्दैन । प्रधानमन्त्रीले विश्वासको मत लिएको साउन ६ यता बागमतीमा पानी धेरै बग्यो । तर सरकारी स्तरमा माफियाकरण हटेन् । उल्टै प्रधानमन्त्रीले टेलिकमको क्षेत्रमा राज्यलाई आउने सम्पत्ति व्यापारीलाई नै छाडेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *