वीर अस्पतालमा अनियमितताको चाङ

राजनीति समाचार

काठमाडौं । मुलुककै पूरानो र ठूलो वीर अस्पतालमा अनियमितताको चाङ लाग्दैछ । नियम विपरित केही चिकित्सकले निजि मेडिकलमा लगानी गरेकै थिए । त्यहाँ कर्मचारी भर्ना, सरुवा, बढुवा र नयाँ नियुक्तिमा समेत चलखेल चलिरहेको छ । विगतको यही स्वाद थाहा पाएरै होला एक सहसचिव घुमिफिरी आफू शाखा अधिकृत हुँदा बसेको ठाउँमा फर्किएका छन् ।

६७-६८ साल तिर वीर अस्पतालमा शाखा अधिकृत( क.स.न १५९८११) का रुपमा वीरमै कार्यरत थिए अर्जुन गौतम । उक्त समयमा खरिद र कर्मचारी भर्नामा लाखौं उठाएको आरोप लाग्यो । लामो समयदेखि वीरमा बसेर उठ्ती पुट्ती चलाउँदै आएका उनी फाइल बढुवाबाट उपसचिव बने । सहसचिवमा उक्लिएपछि उनलाई अन्यन्त्र होइन वीर नै चाहियो । अहिले कर्मचारी प्रशासनको हर्ताकर्ता बनेर उनी वीर फर्किएका छन् । सरकारले गौतमलाई २०८० फागुनमा मधेश प्रदेश पठाएको थियो । तर त्यहाँ तीन महिना पनि टिकेनन् । पुन सामान्य प्रशासनको कौशीमा केही समय बसेर उनी मेडिकल माफियाको सेटिङमा पुन वीरमा फर्किएका छन् ।

अहिले उनको कोर टिममा नक्कली मेडिकल वोर्डको सिफारिस बनाएर वीरमै रजगज गर्दै आएका कर्मचारीहरु छन् । स्रोतका अनुसार, कर्मचारी समायोजन हुँदा २०७६ सालमा बिरामी नभए पनि नक्कली कागजात बनाएर पुल फाजिल दरबन्दीमा अस्पतालमा रहेका अहेब टीकाराम पनेरु (कर्मचारी संकेत नम्बर १६८०००) र युवराज सुवेदी (कर्मचारी संकेत नम्बर १६९६०८) उनका दाहिने हात हुन । कर्मचारी समायोजन हुँदा संघमा बस्न फर्जी मेडिकल बोर्ड (हुँदै नभएको बिरामी) सिफारिस बनाएर (गम्भीर ढाड र घुँडाको रोग लागेको सिफारिस बनाएको), बिना दरबन्दी वीर अस्पतालमा टिकाराम पनेरु र युवराज सुवेदी कार्यरत रहेकोसमेत अस्पताल स्रोत बताएँछ ।

पनेरु र सुवेदीको टोलीले कर्मचारी भर्ना, व्यापारीको हित अनुकुल हुने गरी टेन्डरको स्पेसिफिकेशन,अनुदानमा आएको समान बिल बनाएर अस्पतालबाट भुक्तानी गरी रकम खाने, आफू निकट व्यापारीसँग सामान कोटेशनमा खरिद गर्ने, अस्पताल फार्मेसीले टेन्डर गरेर सप्लाई गर्नु पर्ने सामान मेडिकल स्टोरले नियम विपरीत आफैँ सिधै खरिद गर्ने लगायतका काम गर्दै आएको अस्पताल स्रोतले जनाएका छ । गौतमका कोर टिममा रहेका मेडिकल स्टोरका टिकाराम पनेरु,जनरल स्टोरका बैकुण्ठ लुइँटेल लगायत अस्पताल भित्रका खरिदमा कमिसन उठाउने, कर्मचारी नियुत्तिमा अग्रिम रकम लिने गरेको आरोप छ । यस्का अलवा उपकुलपति र शिक्षाध्यक्ष, डिन , साहायक डिनलाई भनेअनुसार नगरे अख्तियार, प्रहरीदेखि साइवर ब्युरोमा उजुरी हाल्छु भन्दै धम्काउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *