ओली र मोदीको न्यूयोर्क भेटवार्ता कति सफल, कति असल ?

राजनीति समाचार

काठमाडौं । सरकार बनेको दुई महिना नाघिसकेको छ । तर, छिमेकी मुलुक भारत र चीनले अहिलेसम्म प्रधानमन्त्री ओलीलाई भेटवार्ताको लागि भ्रमणमा बोलाएको छैन । छिमेकी मुलुकले समकक्षी भेटवार्ताको लागि नबोलाए तापनि प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्क पुगेको अवसरमा भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ ।

भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता पनि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको आग्रह र विश्वले छिमेकीप्रति हेर्ने दृष्टिकोणको कारण भएको बताइन्छ । नेपाल र भारतका प्रधानमन्त्री द्वयको न्यूयोर्कमा भेटवार्ता भए तापनि खासै उपलब्धीमुलक कुराकानी भएको पाइँदैन । उता उत्तरी छिमेकी मुलुक चीनले अहिलेसम्म भेटवार्ता गर्ने चाहना देखाएको छैन । प्रधानमन्त्री ओली नेपालमा जति हाइहाई छन् त्यसको तुलनामा छिमेकी राष्ट्रहरुले हेर्न दृष्टिकोण फरक देखिन्छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोक गए तापनि नेपालको लागि फाइदा हुने विषयमा खासै कुराकानी भएको पाइँदैन । अब प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि छिमेकी मुलुक भारत र चीनले भ्रमणमा बोलाएको खण्डमा मात्र छिमेकीको सहयोग रहेको विश्वास गर्न सकिन्छ । नत्र भने कुनै देशको भ्रमणमा जाँदा बाटोमा गरेको भेटवार्ताले अर्थ राख्दैन ।

छिमेकी मुलुकको व्यवहार हेर्दा नेपालका प्रधानमन्त्री ओलीले कसरी सफलता हासिल गर्छन् त्यो एकिन छैन । नेपालमा सरकरा फेरबदल हुने बित्तिकै नेपालका तत्कालीन प्रधानमन्त्रीहरुलाई भारत र चीनले भ्रमणमा बोलाउने परम्परा थियो । तर, नेकपा एमाले अध्यक्ष केपी ओली चौथो पटक प्रधानमन्त्री भइरहँदा छिमेकी मुलुक भारत र चीनले अहिलेसम्म भ्रमणमा बोलाएको छैन । त्यसकारणले पनि ओली प्रधानमन्त्री भएको भारत र चीनले रुचाएको देखिँदैन । यदि छिमेकी मुलुक भारत र चीनले नेपालका प्रधानमन्त्री ओलीलाई भ्रमणमा नबोलाएको खण्डमा प्रधानमन्त्रीको कार्यकाल पनि लामो समयसम्म टिक्ने देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *