काठमाडौं । सत्तामा जो छ मुलुकको सेवा र सुविधा तिनकै नेता कार्यकर्ताले पाउँछन् । किनकि संघीयता र गणतन्त्र भन्ने कुरा सामुहिक रुपमा देश लुट्ने औजार हुन् । देश लुट्न सबै एक छन् । जनताका पीडा टाढा छन् । कम्युनिष्टको नाममा खडा भएको नेकपा एमाले भनेको त नीतिगत भ्रष्टाचारको प्रमुख हो । त्यसमाथि केपी ओली भनेका देशका श्री ५ नै हुन् । उनको हुकुमबाहेक एमाले चलदैन । महंगी, भ्रष्टाचारविरुद्ध एमाले चासो लिँदैन । मैया र मस्तीमा रमाउने केपी ओलीका निकटहरुलाई देशको कानूनले छेक्दैन ।
विगतमा खाली सिलिण्डर बोकेर सडकमा आउने एमालेका महिलाहरुलाई एमालेका केही नेताहरुले शोषण नै गरेको विषयमा सुनुवाई नै भएन । जनताको सेवा ओली सरकारमा सपना बन्ने गरेको छ । ओली सरकार बनेपछि दुईतिहाईको कानून मिच्ने काम भयो । प्रधानमन्त्रीले जे भन्छन्, त्यही कानून बनाइयो । अहिले दैवी प्रकोपले देश तहसनहस हुँदा प्रधानमन्त्री अमेरिकामा प्रवचन दिँदै थिए । राज्यप्रति गैरजिम्मेवार नेताका रुपमा ओली चिनिन्छन् । कालोबजारको बाढी पहिरो बन्दैछ । सडकको अवस्था जीर्ण छ ।
सरकारले काम गरेका ठेकेदारको भुक्तानी दिएको छैन दैवी विपत्ति आइपर्दा साथ सहयोग गर्ने निर्माण व्यवसायीहरु रोएका छन् । तर अर्थमन्त्री अर्थतन्त्र चलायमान भएको दाबी गर्दा ठेकेदारको भुक्तानी दिन सक्देन ? ओली सरकार बनेको सय दिन नपुग्दै पूर्ण असफल भएको छ । बाढीपहिरोका पीडितहरुको आँखा ओभाएको छैन । चाडपर्व आउनासाथ कालोबजारीमा सरकार रमिते बनेको छ । पीडितको उद्दार र खोजी कार्य अलमलिएको सरकारमा कांग्रेसका भ्रष्टहरु प्रकाशमान सिंह, रमेश लेखकविरुद्ध जनताको आक्रोश छ ।
सरकार प्रमुख नै जनताको दैनिकीसँग टाढा भएको कारण राजनीतिप्रति घृणा बढेको छ । किसानको पिडा थपिएको छ । जुन ठाउँमा सरकार उपस्थित छ, त्यहाँ भ्रष्टाचार, विकृति विसंगति बढेका छन् । राजनीतिले सहमति र सहकार्य खोजेको छ । तर नेतृत्व गैरजिम्मेवार छ ।