धितोपत्र बोर्डको नियुक्ति प्रक्रियामा डा.खतिवडाको हस्तक्षेप

राजनीति समाचार

काठमाडौं । १० महिना व्यतित हुँदा समेत नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेन । असोज १८ मा अन्र्तवार्ताका लागि तीन उमेद्धार डाकिएका थिए तर केपी शर्मा ओलीका आर्थिक सल्लाहकार हाबी हुँदा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया बिथोलिएको छ । उनै खतिवडाको हस्तक्षेपका कारण सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीलाई एकाएक विरामी भए ।

सिभलि अस्पताल स्रोतका अनुसार,सो दिन बहिान सातै बजे अधिकारी सिभिल हस्पिटल पुगेर १० बजे त्यहाँबाट निस्किएका थिए । उक्त समयमा उमेद्धारहरु अर्थ मन्त्रालयमा पुगिसकेका थिए । अन्र्तवार्ताका लागि ८ बजे डाकिएको थियो उमेद्धारहरुलाई । संयोजक नै विरामी भन्दै अनुपस्थित भइदिएसँगै धितोपत्र वोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया बिथोलिएको हो । अर्थमन्त्री पौडेलले आफ्नै क्षेत्रका पेट्रोलियम व्यवसायी सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउन खोजेका थिए । ती पात्रलाई अध्यक्ष बनाउन खोजिएको चाल पाए पछि युवराज खतिवडाहरुको जोडबलमा यस पटक उपाध्यक्षलाई एक्कासी अस्वस्थ्य बनाइएको स्रोतको दावी छ । श्रेष्ठलाई विचौलिया दीपक भट्टको साथ छ । उनै भट्टको जोडबलमा काँग्रेस निकटका भनेर चिनिएका श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्न खोजिएसँगै युवराज खतिवडा र विष्णु रिमालहरुको जोडबलमा प्रक्रिया बिथोलिएको बताइएको छ ।

यस अघि बर्षमान पुन अर्थमन्त्री हुँदा यो प्रक्रिया अगाडि बढेको थियो । छनोट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई छानेको थियो ।

यी पाँचमध्ये पहिलो पटक बोलाएको अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भए र बाँकी तीन जना नवराज अधिकारी,कृष्ण कार्की र चिरञ्जिवी चापागाई अन्र्तवार्ता प्रक्रियामा भाग लिएका थिएनन् । यस पटक प्रधानमन्त्री र अर्थमन्त्री नै विदेश भएको मौका पारेर अर्थ सचिव डा रामप्रसाद घिमिरेले बाँकी तीन उमेद्धारलाई अन्र्तवार्ता प्रक्रियामा भाग लिनका लागि सूचना निकालेका थिए । ती तीनै जना उमेद्धार अन्र्तवार्ताका लागि सिंहदरस्थित अर्थ मन्त्रालयमा बिहानै ८ बजे पुगेका थिए तर प्रधानमन्त्रीका दुई जना सल्लाहकारका कारण संयोजक एकाएक विरामी भएपछि अन्र्तवार्ता प्रक्रिया विथोलिएको हो ।

यता १० महिनादेखि धितोपत्र बोर्डमा अध्यक्षको कुर्सी रिक्त छ । अन्य निकायहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल बीमा प्राधिकरण र नेप्सेमातहतको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अलवा नेपाल राष्ट्र बैंकको गभर्नर पद पनि छिट्टै रिक्त हुँदैछ । नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की र नागरिकता प्रकरणमा विवादमा मुछिँदै आएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको फागुनमा घर जाँदैछन् । यस्तै नेप्सेकै भगिनी संस्था सीडीएस एन्ड क्लियरिङमा सीईओ पद खाली नै छ ।

यता नेप्सेकै भगिनी संस्था सीडीएस एन्ड क्लियरिङ लिमिटेड कामुको भरमा चलिरहेको छ । चैत्रमा मात्र गर्भनर महाप्रसाद अधिकारी घर जाँदैछन्,त्यहाँ लैजानका लागि दीपक भट्ट लगायतका एउटा खेमा सुशील भट्टलाई बोकेर हिडेका छन् । उसो त पछिल्ला राजनीतिक नियुक्तिमा केपी शर्मा ओलीले वा त झापाली नभए उद्योगी वा व्यवसायीहरुलाई च्याप्न थालेका छन् । तीन निकायमा कुनै व्यापारीका वा प्रधानमन्त्री ओली निकटका व्यक्तिले नियुक्ति पाउने देखिदैंछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *