निजामति कर्मचारी संगठनमध्येमा एमाले बलियो

राजनीति समाचार

काठमाडौं । एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले २०५९ सालदेखि हरेक वर्ष विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा चिठ्ठा कार्यक्रमको आयोजना गर्दै आएको छ । सधैंझैं यसपालि पनि २०८१ को विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा यहीं असोज १७ गते बिहीवार चिठ्ठा खोल्ने कायक्रमको आयोजना गरेको थियो । सो चिठ्ठा कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका नेता भानुभक्त ढकाल रहेका थिए । कार्यक्रमको अध्यक्षता नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले गरेका थिए ।

कार्यक्रममा पेशागत महासंघका भोलानाथ पोखरेल, पूर्वअक्षहरु, कार्यसमितिका उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ५७ हजार ९८ वटा चिठ्ठा विक्री भएको थियो । सो चिठ्ठा कार्यक्रमबाट संगठनलाई आम्दानी हुनुका साथै चिठ्ठा पर्नेलाई प्रथम, द्वितीय, त्रितीय, चौथो, पाँचौ, सान्त्वना र अतिरिक्त सान्त्वना पुरस्कारको व्यवस्था गरिएको थियो । प्रथम पुरस्कार १५० सिसीको मोटर साकिल थान १, दोस्रो स्कुटर थान १, तेस्रो वासिङ मेसिन थान २, चौथो ल्यापटप थान २, पाँचौ ३२ इन्चिको एलइडी टिभी थान ३, सान्त्वना पुरस्कार एन्ड्रोइट मोबाइल ४० थान र अतिरिक्त सान्त्वना पुरस्कार ११६ थान मोबाइल राखिएको थियो । त्यसैगरी संगठनले बेलाबखत अन्य अतिरिक्त क्रियाकलापका कार्यक्रहरु पनि राख्दै आएको छ । त्यस्तै संगठनले गत २०८० मंसिर ३० गते ख्याति प्राप्त कलाकार बोएर सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

सो सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रहनुभएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा रु. ४५ लाख बराबरको टिकट विक्री गरिएको थियो । टिकट विक्रीको रकमबाट ख्याति प्राप्त कलारकारहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । संगठनले बेलाबेलामा गर्दै आएका यस्ता कार्यक्रमबाट आर्जन गरेको रकमले कडा रोग लागेका, दूर्घटना परी गम्भी घाइते भएका, भैपरी आपतमा परेका कर्मचारीहरुलाई सहयोग गर्दै आएको छ । संगठनले बिरामीको अवस्था र दूर्घनाको हानीनोक्सानीलाई मध्येनजर गरी १ लाखदेखि २ लाखसम्म सहयोग प्रदान गर्दै आएको छ । हाल नेपालमा १ लाख २५ हजार निजामति कर्मचारी रहेका छन् ।

त्यसमध्ये ४० हजारभन्दा बढी निजामति कर्मचारीले एमाले निकट कर्मचारी संगठनको सदस्यता लिएका छन् । त्यसमा सचिव, सहसचिव, उपसचिव र कार्यालय प्रमुखहरुले कर्मचारी संगठनको सदस्यता लिन पाउँदैनन् । दलनिकट कर्मचारी संगठनहरुमा एमाले निटक कर्मचारी संगठन निकै बलियो देखिन्छ । त्यसपछि कांग्रेस निकट कर्मचारी युनियन दोस्रो छ भने माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन तेस्रो रहेको छ । अन्य दल निकट कर्मचारी संगठनहरु नगन्ने अवस्थामा छन् । तिनै नगन्ने कर्मचारी संगठनका कर्मचारीहरुलाई एमाले निकट कर्मचारी संगठनमा समेट्ने प्रयास भइरहेको देखिन्छ । त्यसको लागि एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले बेलाबखत कर्मचारीको हितमा हुने विभिन्न आकर्षक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

तत्कालीन अध्यक्षले भन्दा हालका अध्यक्ष लेखनाथ कोइरालाले संगठनलाई चुस्तदुरुस्त र बलियो बनाउँदै लगेको कर्मचारी वृत्तमा चर्चा छ । कोइरालाले कर्मचारी संगठनभित्रका कर्मचारीहरुको सेवासुविधादेखि सरुवा, बढुवामा पनि न्यायोचित काम गर्दै आएको बताइन्छ । त्यस्तै उनले विभिन्न अतिरिक्त क्रियाकलापका काम गरेर संगठनलाई आकर्षक बलियो बनाउँदै लगेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *