कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु

विविध समाचार

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ ।

सभामुखको सचिवालयका अनुसार बैठक केहि बेरअघि सिंहदरबारमा शुरु भएको हो ।बैठकले यसअघि मुख्य सचेतक र प्रमुख सचेतकको बैठकले तय गरेका संसदको आगामी दिनका क्यालेन्डरलाई पारित गर्ने बताइएको छ ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् । संबैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरुले विहिबार संसदमा बजेट प्रस्तुत गर्न दिएपनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *