काठमाडौं । संयुक्तराज्य अमेरिकाको ४७ औं राष्ट्रपतिको निर्वाचन हिजो मंगलबारबाट सुरु भएको निर्वाचन आज सम्पन्न हुँदै छ । राष्ट्रपति निर्वाचनमा डेमोक्य्राट्स र रिपब्लिकन्स दुई दलबीच प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा डेमोक्य्राट्स दलका उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन्स दलका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा भएको हो ।
तत्कालीन राष्ट्रपति ट्रम्प र हालका उपराष्ट्रपति ह्यारिसबीचको प्रतिस्पर्धामा ट्रम्प अगाडि देखिएका छन् । उक्त राष्ट्रपतिको निर्वाचनमा अमेरिकामा कमला ह्यारिसको जति चर्चा थियो त्यो निर्वाचनपछि चर्चामै सीमित भएको छ । किन कि अहिलेसम्मको मत परिणाम हेर्दा रिपब्लिकन्स दलका उम्मेदवार ट्रम्प अगाडि छन् ।
अहिलेको विश्व समाजले जतिसुकै महिलालाई प्राथमिकतामा राखे तापनि अमेरिका जस्तो शिक्षित र विकसित मुलुकमा महिला भैकै कारण डेमोक्य्राट्स उम्मेदवार कमला ह्यारिस पछि पर्ने देखिन्छ । यति हुँदाहुँदै पनि धेरै मत गणना गर्न बाँकी भएकाले ट्रम्प र ह्यारिसमध्ये कसको जित हुन्छ भन्ने एकिन भइसकेको छैन । तर, अहिलेसम्मको मत परिणाम र विश्लेषकको आँकलन हेर्दा ट्रम्प नै निर्वाचित हुने बताइन्छ ।
यदि अमेरिकामा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको खण्डमा विश्वको भूराजनीतिमा समन्वयकारी भूमिका निर्वाह गरी अहिले भइरहेका विभिन्न देशबीचको युद्ध साम्य हुने अपेक्षा पनि गरिएको छ । आप्रवासीले कमला ह्यारिसलाई सहयोग गरे तापनि ट्रम्प नै विजयी हुने देखिन्छ ।