काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल दर्ता नभएकोले प्रतिबन्ध लगाउने बताएका छन् ।
मन्त्री गुरूङले एक कार्यक्रममा बोल्दै नेपालमा दर्ता नभएका कुनैपनि सामाजिक सञ्जाल टिकटक बाहेक अरु चल्न नदिने चेतावनी दिएका हुन् । नेपालमा अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको टिकटक मात्रै रहेकोले मेटालाई दर्ताका लागि डाकेकोले आउँछ, की आउँदैन यदि आएन भने चल्न नदिने विस्तृत गरेका छन् । दर्ता हुन आउनेलाई सञ्चालनका लागि सरकारले सहज वातावरण मिलाउने व्यवस्था गराइनुको साथै मन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने पछिल्लो समय ट्रेन्ड बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक कारबाही गर्नकै लागि ल्याइएको बताएका छन् ।
देशमा साइबर क्राइमका घटनाहरु बढिरहेकोले त्यसलाई नियन्त्रण गर्न ऐन चाहिएकोले आइटी, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयक ड्राफ्ट गरि संसदमा पेस हुने उनले जानकारी दिएका छन् ।
