काठमाडौं । कांग्रेसका युवा नेताहरु एक्ला एक्लै मेचीकाली अभियानमा जुटेका छन् । महामन्त्री गगन थापाको यो अभियान झापाबाट सुरु हुँदैछ । रुपन्देही पुगेर स्थगित भएपछि पुनः चलेन । अहिले केन्द्रीय सदस्य भूपेन्द्रजंग शाहीले भ्रष्टाचार नियन्त्रण, सहकारी ठगी, कालोबजार नियन्त्रण, बिचौलियाको अन्त, किसान र महदुरको हितमा केन्द्रीत छ । एउटै टिमका गगन र भुपेन्द्र एकले अर्काको विश्वास गर्न नसक्दा फरक समयमा एकै प्रकृतिका कार्यक्रम लिएर गएका छन् ।
डा.शेखर समूहका यी दुई हस्तीको कार्यक्रम १५ औं महाधिवेशन केन्द्रित छ ।
जबकि कांग्रेसको महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । विधानतः सभापतिले ६ महिना समयपछि सार्न सक्छन् । तर डा.शेखर समूहले समयमै महाधिवेशन गर्नुपर्छ भन्दैछ । डा.शेखरले संस्थापनको कृपा प्राप्त गर्नेगरी सरकारी तहबाट भएका निर्णयको विरोध गर्न छाडेका छन् भने महामन्त्रीको गगनको आश पनि संस्थापनतिर छ ।
डा.शशांक कोइरालाले आफु पनि सभापतिको दाबेदार भन्दैछन् । तर शेखरबाट पार्टी चल्दैन भन्ने कुरामा कांग्रेसीहरु सहमत छन् । पहिले महामन्त्री भएका डा.शशांकबाट काम नचल्दा पूर्णबहादुर खड्का महामन्त्री बनाउन सभापति शेरबहादुर देउवा बाध्य भएका थिए । प्रकाशमान महामन्त्री बन्दा सुशील कोइरालाले कृष्ण सिटौलालाई महामन्त्री बनाएको विगत छ ।