एमाले कांग्रेस सरकारको काम ५४ अर्ब ऋण

राजनीति समाचार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केपी ओली सरकारको काम के देखे जबकि सरकारको सय दिनमा मुलुकले ५४ अर्ब ५३ करोड ऋण बोकेको छ । कालो बजार भ्रष्टाचार बिचौलिया कमिसनको जालो चम्किँदै नेकपा एमाले भाटभटेनी सुपरमार्केटमुखी भएको छ । आफ्नो बाहेक जनताको सेवक बन्न नसकेको एमाले पार्टी केपी ओलीले नेतृत्व लिएपछि धाराशाही भएको छ ।

पार्टीको नेतृत्वमा सत्ता सुम्पेर कांग्रेस सभापतिले जनता र राष्ट्रको सेवामा केही गरेकै छैनन् । सभापति देउवालाई पूर्व सरकारले सुरु गरेको भ्रष्टाचारको फाइल दबाएर डा.आरजुका अपराध दबाउँदा सरकारले राम्रो काम गरेको लाग्न सक्छ किनकि अख्तियारमा परेका डा.आरजुविरुद्धका उजुरी दबाइनुले सरकारका काम राम्रो भएको हुनुपर्छ ।

कांग्रेसीहरू भ्रष्टाचार गर्छन्, अख्तियारका उजुरी दबाउँदै आफु कमाउने र देशको राजस्व मार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको लाइनमा छन् । कांग्रेस र एमालेका नेताविरुद्ध भ्रष्टाचारका थुप्रै फाइल अख्तियारमा छन् । ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निर्णय भएको छ । तर कांग्रेस र एमालेका सम्झौताहरु कार्यान्वयन भएका छैनन् । सत्तामा पुग्ने बाटो बनाउने तर कुर्सीमा पुगेर जनतालाई पीडा दिने सरकारको दायित्व बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *