प्रधानमन्त्री कार्यालयमा जासुसी संयन्त्र

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मध्यरातसम्म तस्कर र व्यापारीसँगको सम्बन्धमाथि प्रहार गर्ने गरी जासुसी संयन्त्र स्थापना भएको छ । त्यो युनिटले प्रधानमन्त्रीसम्म पुग्ने तत्वको मात्र होइन, प्रियहरूको सम्बन्ध कार्यकर्ता र साइबर स्यालहरूको छलकपटको पनि कडा निगरानी गर्नेछ । भारतमा प्रधानमन्त्रीसँग गुप्तचर जलसेना, थलसेनाको टिम हुन्छ । राज्यपालसँग राज्यको फौज जोडिन्छ ।

गुप्तचरका डिआइजी किशोर श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री कार्यालयको गुप्तचर फोर्स रहनेछ । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरणमा समेत अब प्रहरी सशस्त्र र अनुसन्धानको टिमले जासुसी बढाउनेछ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख थापासँग प्रधानमन्त्री केपी ओलीको ट्युनिङ मिलेन भन्नेहरुलाई जवाफका रुपमा यो इकाइ स्थापना भएको हो । यो इकाइमा जान खुट्टा उचालेका ललितपुरका एसएसपी भूमि पाठक खडा भएका छन् ।

जहाँ गयो त्यहाँ सम्पत्ति जोड्ने पाठक कांग्रेसी भ्रष्ट गोविन्दराज जोशीका भान्से भएर निरीक्षक पद प्राप्त गर्ने भाग्यमानी हुन् । गुप्तचरमा बेढङ्गका कार्यकर्ता भित्र्याउने चलन कांग्रेसले चलाउँदा देवीराम शर्मा तत्कालीन प्रमुख थिए । एमालेका बामदेव गौतम उनका जिल्लावासी भएकाले कार्यकर्ता केही भित्र्याइए पनि कांग्रेसको जस्तो बाहुल्यता छैन । अब प्रधानमन्त्री कार्यालय अन्तर्गतको विभाग आफै सक्रिय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *