काठमाडौं । सचिवलाई लखेटेर, सहसचिवलाई चीन भ्रमण ! केपी ओलीकै सरकारमा यस्तो अन्याय भुक्तमान गर्दैछिन्, घर जान लागेकी छिन् । अवकाश अगावै राजदूतको उपहार हातहातै पाएकी सचिव सेवा लम्साललाई जागिरे जीवनको अन्त्यमा अपमानपूर्वक ढङ्गले सरुवा गरिएको छ । अहिले बहुत चासो र चर्चाका साथ हेरिएको उत्तरी छिमेकी मुलुक चीनको भ्रमण र त्यहाँ हुने सन्धी सम्झौताका कतिपय इस्युलाई गोप्य राख्न सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयतिर सरुवा गरेर आफ्नै गोजीका अमृतबहादुर राईलाई कायममुकायम परराष्ट्र सचिवको जिम्मेवारी दिएको चर्चा चल्दैछ,परराष्ट्रमा ।
अहिले पनि परराष्ट्र सचिवलाई प्रधानमन्त्री कार्यालय सारेर कामु परराष्ट्र सचिवलाई चीन लैजाने प्रपञ्च प्रधानमन्त्री कार्यालयले रचेको हो। पटकपटक भएका बैठक र छलफलमा सचिव लम्साल नै सहभागी थिइन् तर एकाएक उनी प्रधानमन्त्री कार्यालय सरेपछि उनले सबै ब्रिफिङ आफ्ना जुनियरलाई दिनुपरेको छ । यस अघि पाकिस्थानको राजदूत चलाइसकेकी सेवा परराष्ट्रकै इतिहासमा पहिलो महिना सचिव हुन । उनलाई घर जानु अगावै सरकारले बेल्जियमको राजदूत सिफारिस गरेकोमा संसदीय समितिबाट अनुमोदन समेत भइसकेको छ लम्सालको नाम ।
उसो त सचिव भएकाहरुले राजदूतमा -याल चुहाउँदा परराष्ट्र मन्त्रालयको उच्च प्रशासक पद भ-याङ्ग जस्तो हुन पुगेको छ । केही समय सचिव बन्ने र त्यही लिस्नोमा टेकेर राजदूत हुन जाने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ । सेवा लम्सालको नाम २०८१ साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । सेवा राजदूत पद सम्ँहाल्न जाँदा परराष्ट्र मन्त्रालयको सचिव पद यति धेरै अस्थिर बन्न पुगेको छ कि बर्ष दिनमै उक्त मन्त्रालयले ३ नयाँ सचिव पाएको छ । कुटनीतिज्ञहरुले यसलाई अस्थिरताको पराकाष्टा भनेका छन् ।
सेवा लम्सालले २०८० मंसिर २९ बाट परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेकी हुन् । पूरै अवधि काम गरेको भए उनले अझैं सात महिना नेतृत्व गर्ने थिइन तर उनलाई राजदूत बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मान्छे सचिव नबनाइ भएन । त्यही कारण उनलाई राजदूत चिठ्ठा प-र्यो । यस अघिका सचिव भरतराज पौड्यालको समय अवधि बाँकी हुँदै राजीनामा गर्न लगाइयो र सेवा लम्साललाई सचिवमा उकिालियो ।
तत्कालीन परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्यसचिव बनाउन लोकदर्शन रेग्मीलाई बेलायत खटाइसकेको छ । आफूलाई राजदूत बनाउने भएपछि रेग्मीले एक महिना अगावै मुख्यसचिवबाट अवकाश लिएका थिए । उनले एक महिनाअगावै अवकाश नलिएको भए वैरागी मुख्यसचिव हुन पाउँदैनथे । मुख्यसचिव नियुक्त हुँदा रेग्मी कांग्रेस निकट थिए । पछि चोला बदल्दै एमालेसँग निकट हुन पुगेका थिए । रेग्मीले २०७७ फागुन १७ गतेदेखि २०७८ कात्तिक ७ गतेसम्म बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेका थिए । उनी राजदूत भएको केही समयपछि ओली नेतृत्वको सरकार ढल्यो र देउवा नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारले फेरि तिनै रेग्मीलाई राजदूत बनाएर खटाइसकेको छ ।
उता, महावाणिज्यदूत खान हिडेका केही सहसचिवको एग्रिमो नआउँदा रुवावासी शुरु भएको छ । एकै दिन जिम्मेवारी पाएकामध्ये केही सहसचिवले महावाणिज्यदूत चलाउन थालिसकेका छन् भने केहीको एग्रिमो समेत आएको छैन । गत साउन अन्तिमतिर महावाणिज्यदूत बनाउन भन्दै ४ भाइ सहसचिवलाई परराष्ट्रमा लगिएको थियो । जसमध्ये २ जनाले महावाणिज्यदूतको जिम्मेवारी सम्हालिसकेका छन् ।
यसरी जिम्मेवारी पाउनेमा भरत खनालले ग्वान्जाओको महावाणिज्यदूत,लक्ष्मीप्रसाद निरौला ल्हासा पुगिसकेका छन्। कलकत्ताको महावाणिज्यदूतमा नियुक्त भएका झक्कप्रसाद आचार्यको पनि ‘एग्रिमो’ आइसकेको भए पनि विन्देश्वरप्रसाद लेखक परराष्ट्रतिर हल्लिरहेका छन् । उनलाई बेइजिङस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिस्टर बनाएर पठाउन खोजिएको भए पनि विन्देश्वरले हङकङ ताकेर बस्दा समस्या भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।अर्काे महिना त्यहाँका महावाणिज्यदूत उदयबहादुर राना मगर कार्यकाल सकाएर नेपाल आउँदै छन् । लेखक त्यही स्थानमा जानका लागि खुट्टा उचालेर बसेका कारण समस्या उत्पन्न भएको मन्त्रायका अधिकारीहरु बताउँछन् ।