नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

राजनीति समाचार

काठमाडौं । चीनको बेइजिङमा नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार (हिजो) बेइजिङ पुगेको हो ।

हस्ताक्षरअघि प्रधानमन्त्री ओलीलाई लीले ग्रेट हल अफ पिपलमा आयोजित समारोहमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *