आजदेखि नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशन सुरु

राजनीति समाचार

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि सुरु भई माघ २९ गतेसम्म चल्ने भएको छ ।

डा.बाबुराम भट्टराई नेतृत्व नेसपाको प्रथम महाधिवेशनमा मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको पार्टीले जनाएको छ ।

महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *