बागमतीमा विकास निर्माण प्रगतिमा निराशाजनक, तलबभत्ता खर्चमै उत्साहजनक

अर्थ/वाणिज्य वाग्मती प्रदेश समाचार

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा १३ अर्ब बढी बजेट खर्च गरेको छ । बागमतीले माघ मसान्तसम्म विनियोजित कुल रकमको २०.१८ प्रतिशत बजेट खर्च गरेको हो ।

प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएको थियो । त्यसमध्ये १३ अर्ब २ करोड ७० लाख रुपैयाँ बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । सरकारले गत पुस मसान्तसम्म १६।२७ प्रतिशत अर्थात् १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च गरेको थियो ।

चालु आर्थिक वर्ष २०८१र८२ को माघ मसान्तसम्म बागमती प्रदेशको बजेट खर्च पुँजीगतमा भन्दा चालुमा झन्डै ८ अर्ब रुपैयाँ बढी निकासा छ । कुल बजेट खर्चमध्ये चालूतर्फ ७ अर्ब ७२ करोड ६ लाख ९२ हजार र पुँजीगततर्फ ५ अर्ब ३० करोड ६३ लाख ५१ हजार खर्च भएको छ ।
यस आर्थिक वर्षका लागि चालुतर्फ २५ अर्ब ९४ करोड १९ लाख ३१ हजार र पुँजीगततर्फ ३७ अर्ब ९ करोड ८४ लाख ९९ हजार बजेट बिनियोजन भएको थियो ।

बजेट चालू र पुँजीगत खर्चका रुपमा कार्यान्वयन हुने गरेको छ । चालुतर्फको बजेट कर्मचारी तथा पदाधिकारीको तलब, भत्तासहित कार्यालय व्यवस्थापनको र पुँजीगत विकास निर्माणमा हुने खर्च हो । यसले विकास निर्माणमा वित्तीय प्रगति निराशाजनक र तलबभत्ता तथा कार्यालय सञ्चालन खर्चमा उत्साह देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *