भारतको चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध

विविध समाचार

काठमाडौं । अमेरिकी सरकारले इरानी पेट्रोलियम पदार्थको बिक्री र ढुवानीमा मध्यस्थता गरेको भन्दै भारतमा रहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

इन्डियन एक्सप्रेसका अनुसार अमेरिकी वित्त विभागले यसबारे औपचारिक जानकारी दिएको हो । साथै, अमेरिकाले इरानको तेल निर्यात अवैध ढुवानी सञ्जालमार्फत हुने गरेको बताएको छ । डोनाल्ड ट्रम्पको अधिकतम दबाब नीति अन्तर्गत अमेरिकाले त्यस्ता नेटवर्कहरूमाथि निरन्तर कारबाही जारी राखेको छ ताकि इरानको कमाइको माध्यमलाई रोक्न सकियोस् । सोही नीति अन्तर्गत भारतका ४ कम्पनीमा प्रतिबन्धमा परेका हुन् ।

अमेरिकी विदेशी सम्पत्ति नियन्त्रण र राज्य विभागका अनुसार यी ४ भारतीय कम्पनीहरूको नाम फ्लक्स मेरिटाइम एलएलपी (नवी मुम्बई), बीएसएम मरीन एलएलपी (दिल्ली–एनसीआर), अस्टिनशिप म्यानेजमेन्ट प्रालि (दिल्ली–एनसीआर) र कोसमोस लाइन्स इंक (तंजावुर) रहेको छ ।

यी चारमध्ये ३ कम्पनीलाई इरानी तेल र पेट्रोलियम पदार्थको ढुवानीमा संलग्न जहाजको व्यावसायिक तथा प्राविधिक व्यवस्थापनका कारण प्रतिबन्ध लगाइएको जनाइएको छ भने इरानी पेट्रोलियम ढुवानीमा संलग्नताका कारण कस्मोस लाइन्सलाई प्रतिबन्ध लगाइएको हो ।

प्रतिबन्ध लगाइएको कम्पनी वा देशको प्रतिबन्ध सीमित वा पूर्ण रूपमा समाप्त भएको देशसँगको आर्थिक सम्बन्ध हुन्छ। प्रतिबन्धहरूमा आयात–निर्यात रोक्न, सम्पत्ति फ्रिज (जफत) गर्ने, देश वा देशहरूको संगठनको बैंकिङ प्रणालीमा प्रतिबन्ध लगाउनेजस्ता गतिविधिहरू समावेश हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *