काठमाडौं । जुम्लाका जनताले स्पष्ट बोल्न माओवादी एमाले र कांग्रेसको भ्रष्ट टोलीको भण्डाफोर गर्दा चुनावमा राप्रपालाई सघाउनु नौलो थिएन । तर उनले होटल यलो प्यागोडाका मालिक दिल विकास राजभण्डारीलाई समानुपातिक सांसद बनाउँछु भनेर ३५ लाख लिएर चुनाव खर्च गरेको थाहा पाएनन् । अहिले तिनै शाहीले राष्ट्रिय सभालाई वृद्धहरूको थलो भनेर आलोचना गर्दा राष्ट्रिय सभा कानुन कति पढे भन्ने कुराले संसदको क्षमता र योग्यताको झल्को दिएको छ ।
संघीय संसदमा १४ जना सांसद भएको राप्रपाले जोगाउने प्रधानमन्त्री केपी ओली र नेकपा एमाले नै हो । राप्रपालाई एमालेका अध्यक्ष केपी ओलीले २०७४ सालमा संघीय संसदमा प्रवेश गराएका थिए । अहिले ओलीविरुद्ध राप्रपाको आक्रमण बढ्दै छ । एमालेविरुद्व ज्ञानेन्द्र शाही लागी परिरहेका छन् । उनी संसदीय दलको प्रमुख सचेतक हुन् ।
पार्टीको प्रमुख सचेतकले राष्ट्रिय सभाको महत्व र आवश्यकता कति बुझे ? सांसद जस्तो व्यक्तिले कति बुझेका छन् ? त्यसको उदाहरण ज्ञानेन्द्र शाही हुन् । कोरोना कालमा पीडितहरुलाई राहत दिने नाममा पनि विवाद परेका व्यक्ति शाहीले आफ्नो धरातल बिर्सिएका छन् । राष्ट्रिय सभाका सांसदमाथि आरोप लगाउँदा राप्रपा भित्रका वृद्ध सांसद पशुपति शमशेरले समेत प्रतिवाद गर्नुपरेको थियो ।