काठमाडौं । कांग्रेस र एमाले सरकारले राज्यको स्रोत लुटेर गणतन्त्रको रक्षा गर्न सक्दैन । सहकारीमा गरिबको बचत लुट्नेहरूलाई बोकेर न त अर्थतन्त्रमा सुधार आउँछ, न त दाताले पत्याउँछ । देशको ५८ अर्ब राजस्व उठाउनुपर्ने व्यापारी र उद्योगीसँग घुस लिने एमाले र कांग्रेसले देशभरका सार्वजनिक जमिन भूमाफियालाई सुम्पन खोज्नेहरुको लर्को लागेको छ ।
भूमाफियाकै कारण सत्ता नै धर्मराउँदैछ । ५३ अर्ब अमेरिकी सहयोग लिएर एमसिसी चल्दै गर्दा तथाकथित मानव अधिकारको खोल ओढेका इन्सेक, इन्टरेड, यातना पीडित सरोकार केन्द्र, फ्रिडम फोरमजस्ताका सञ्चालक एमालेमै बढी छन् ।
यस्ता संस्थामा कनकमणि दीक्षित एजेन्टबाट परिचालित छन् । दिक्षीतको भण्डाफोर वर्षमान पुनले गर्दा कनक बेपत्ता भएका थिए । एमालेका कान्छाहरू आज अमेरिकी सहयोग युएसआईडीको अनुदान रोकिँदा छट्पटाएका छन् ।
त्यसैगरी, संघीय संसदमा पूर्व राजाको कुरा उठेको छ । व्यापारिक पृष्ठ भूमि भएका ज्ञानेन्द्र शाह राजगद्धीको लोभमा लोकतन्त्रका नयाँ राजाहरूको भ्रष्टशैलीको कारण माओवादीबाट भण्डाफोर भएपछि हौसिएका छन् । सदनमा कांग्रेस उफ्रदा एमालेले ताली ठोक्छ, एमाले उफ्रदा कांग्रेसले चुड्की मार्दैछ । राप्रपाले यी भ्रष्टहरूको विरोध गर्छ । माओवादीले हतियार उठाएर ल्याएको गणतन्त्रलाई भ्रष्टाचारको थलो बनाउने एमाले कांग्रेस राजालाई दाम चढाएर सत्ताको स्वाद लिएका छन् । राप्रपाले कुरा उठाउँदा मुख मिठ्याउने धेरै देखिन्छन् ।