काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कारण देशका ठूला राजनीतिक दल कांग्रेस र एमाले हच्किएका छन् । जथाभावी सवारी पार्किङ रोक्ने मेयरको अभियानमा न्युरोड, इन्द्रचोक, विशाल बजार क्षेत्रमा एमाले कार्यकर्ता बाधक भएका छन् ।
जनदबाबका अगाडि कांग्रेस र एमालेको भ्रष्ट समूहको केही लागेन । सडक पेटी बढे, विद्युतका तार भूमिगत प्रक्रिया सुरु भयो । धेरैजसो वडामा पुराना संस्कृति सम्पदा मठ मन्दिरको मर्मत संहार भएका छन् । तर सडक पेटीमा ब्रस गरेर धुलो र फोहोर सङ्कलन गरेका मजदुरको तलब ३ महिनादेखि बालेनले दिएका छैनन् । मेयर बालेनको शैली सत्तापक्ष एमालेले रुचाएको छैन । प्रधानमन्त्री मेयर बालेनको मोबाइल स्ट्याटसबाट आक्रोशित छन् । बालेनको टिमले बालेनको निर्णय मिनेटमा लाख जनामा पु¥याउने गर्छ । तर प्रधानमन्त्रीले केही बोले भने समर्थनभन्दा आलोचना बढी हुने गर्दछ । त्यसैकारण सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको हो ।
महानगरवासीको लागि पानीको समस्या ठूलो छ । फोहोर व्यवस्थापन दोस्रो हो । ढल निकास पुराना बस्तीको साझा समस्या हो । जसले सहर सफा गर्छ, बिहानदेखि बेलुकासम्म सडक सफा राख्छ त्यस्ता व्यक्तिलाई महानगरपालिकाले तलब र भत्ता तीन महिनादेखि दिएको छैन ।सहरी सफाईमा अवरोध किन गर्दैछन् ? शङ्का छ ।
महानगरको विकास निर्माणको ठेक्का निकटका व्यक्तिहरुले नै लिएका छन् । महानगरले सार्वजनिक शौचालय निःशुल्क भनेको छ । व्यापारिक कम्प्लेक्स, बैंक तथा वित्तीय संस्था, होटल रेस्टुराहरूलाई शौचालय प्रयोग गर्न दिन महानगरले गरेको आग्रह कहाँ कति कार्यान्वयनमा छ अनुगमन छैन । जनतालाई आश देखाउने, तर कुनै सेवा सुविधा नदिने कांग्रेस र एमाले नै थिए । तर स्वतन्त्र मेयर बालेनको पनि पारा उस्तै हुँदै गयो त्यसले गर्दा भने विद्रोह चर्कने पो हो कि भन्ने शङ्का आम सर्वसाधरणमा पर्न थालेको छ ।