कांग्रेसको हस्तक्षेपले सुरक्षा फौज शिथिल

राजनीति समाचार

काठमाडौं । सुदूरपश्चिममा कांग्रेसको हस्तक्षपले सशस्त्र प्रहरी बल सिथिल भएको छ । सरकारले सशस्त्रभित्रको कार्यविधिलाई हटाएर तीन वर्ष बनाउन खोज्दा आइजीपी राजु अर्याल रमिते बनिरहेका छन् । डीआइजी बढुवामा कोर्स पूरा नगरेका दिपेन्द्र कुँवर र विष्णु भट्टलाई कांग्रेसी दबाबमा डीआइजी बढुवा सिफारिस गरिएको हो । नेपाल प्रहरीका आइजीपी आठौं नम्बरबाट डिआइजीको बढुवामा पहिलो बनेको कारण पार्टीकरण हुँदा अप्ठ्यारो नमान्न सक्छन् ।

तर सशस्त्रमा त्यो जबरजस्ती लागू हुँदैछ । एआईजी चन्द्रप्रकाश गौतमको आगामी वैशाखमा अवकाश हुँदा त्यो पदका लागि बागमती प्रदेशका डिआइजी गणेश ठाडा र हाल सीमा विभागमा थन्किएका कमल गिरी सत्ता र शक्तिको आडभरोसामा छन् । गिरी कांग्रेसका ज्ञानेन्द्र कार्कीको सेवक हुन् भने ठाडामगर प्रधानमन्त्री केपी ओलीका विश्वासका पात्र हुन् ।

धनकुटे ठाडा, भोजपुरका गिरीको क्षमता र योग्यताकै कारण गृहले सशस्त्रकै सिफारिसमा एक वर्षे कार्यकाल थप गरेको छ । सशस्त्रभित्र डा.आरजुको दबदबाले दिपेन्द्र कुँवर जस्ता एसएसपीको डीआइजी बढुवा दोस्रो नम्बरमा सिफारिस भएको छ ।

जनताको सेवा र जनजीविकामा चासो नदिए पनि वर्तमान सरकार फौजी समूहलाई स्वार्थ अनुकूल प्रयोग गरेर बदनाम हुँदैछ । गृहमन्त्री रमेश लेखकलाई डा.आरजुका अगाडि आफ्नो मन्त्रालय अन्तर्गत प्रहरी र सशस्त्रमाथि भएको हस्तक्षेपको प्रतिवाद गर्न सकेका छैनन् । नेपालको सुरक्षा फौज दलीयकरण हुँदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *