कोशी प्रदेश सभामा प्रधानमन्त्री ओलीको सम्बोधन

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सकिएपछि ओलीले प्रदेशसभा बैठकलाई दिउँसो साढे २ बजेबाट सम्बोधन गर्ने तयारी रहेको उनको सचिवालयले जानकारी गराएको हो ।

आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । प्रतिपक्षी दलहरुले भने सरकारले छलफल नगरेको भन्दै बैठकमा सहभागी हुन प्रधानमन्त्रीले राख्ने मन्तव्यका बारेमा अग्रिम जानकारी हुनुपर्ने सर्त राखेका छन् । प्रतिपक्षी दलले सर्त राखेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *