एमालेमा काण्डै काण्डको खेती गर्ने नेता र कार्यकर्ता

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको चाकडी गर्नेहरुको भिड त्यतिकै छ । ओलीको चाकडी गरेबापत विभिन्न काण्डमा मुछीएका नेता तथा कार्यकर्ताहरुले सफाई पाउँदै आएका छन् । अध्यक्ष ओलीले पनि त्यस्ता बिकृती र बिसंगतिमा लागेका नेता तथा कार्यकर्तालाई कार्बाहीको दायरामा नल्याउँदा एमाले पार्टी नै बदनाम हुन पुगेको छ ।

सरकारको कानुनी सल्लाहकार र महान्यायाधिवक्ता रमेश बडालको काम पार्टीका यौन लम्पटहरूको व्यवहारसँग जोडिएका अदालती उजुरी दबाउने र उन्मुक्ति दिने गरी परामर्श दिने र न्यायमूर्तिहरूलाई चलाउने काम भएको छ । लुम्बिनी प्रदेश सांसद रेखा शर्माको काण्ड छँदैछ । कृपासुर शेर्पाको काण्ड चर्चामा आयो र सेलायो ।

एमालेमा यौन सोशण गर्नेदेखि भ्रष्टाचार गर्ने त्यतिकै छन् । त्यस्ता नेता कार्यकर्ताहरुलाई आत्मा आलोचना गराउँदै कार्बाहीको दायरामा लयाउन सक्नुपर्छ । तर, एमाले पार्टीले त्यो गर्न सकेको छैन । शेरधन राईबाट बालिका पिडित बनिन् भने महेश बस्नेतबाट शोभा पाठक पिडित बनिन् । खड्काको उजुरी प्रहरीले लिएन भने पाठकलाई ट्रयापिङ महिलाको व्याख्या गरेर प्रहरीले उम्कायो ।

उता अछामका ऐन महरको मुद्दा उच्च अदालतमा थन्किएको छ भने सल्यानका गुलाबजंग कर्णाली प्रदेशको पार्टी इन्चार्ज बनाइएका छन् । यस्तो केस जुम्लामा पनि छ, त्यहाँ भतिजी पीडक भूमि आयोगको जिल्ला अध्यक्ष बनाइएको छ । एमाले अध्यक्षले पार्टीमा रहन हो भने अनुशासित हुन भनेका छन् । तर तिनलाई होइन माफियाको पैसा लिनु हुन्न भन्ने केन्द्रीय सदस्यमाथि खुँडा प्रहार हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *