काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् ।
जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका आलमलाई उन्मुक्ति दिने निर्णयमा संलग्न उच्च अदालत जनकपुरका न्यायाधीश थारूलाई धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत)का कार्यकर्ताले मोसो दलिदिएका हुन् ।
नेकपा बहुमतका कार्यकर्ताले थारूमाथि बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका अर्का नेता विजयकुमार गच्छदारलाई समेत उन्मुक्ति दिएको आरोप लगाउँदै मोसो दलिदिएका हुन् ।
उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
जनविरोधी फैसला गरेको भन्दै थारुलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन् ।

