कोशी सम्मेलनमा दुई दर्जन परियोजना सम्झौता हुने अपेक्षा, ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने तयारी

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार आयोजना गर्ने प्रदेश लगानी सम्मेलनमा दुई दर्जन बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने बताएको छ ।

पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने भएको छ ।

लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने तयारी छ । पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आई।टी। सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।

लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ । स्वदेशका उद्योगपतिहरू पनि यो लगानी सम्मेलनमा सहभागी हुनेछन् ।

लगानी सम्मेलनमा विभिन्न छ वटा विषयगत छलफल सञ्चालन हुनेछन् । कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयक विषयगत छलफल हुने बताइएको छ ।

सम्मेलन अघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । ऐन संशोधन भएपछि लगानी गर्दा आइपर्ने सम्पूर्ण झन्झटहरू अन्त्य हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *