काठमाडौं । प्रेस चौतारी नेपालले उपत्यका प्रदेशको दोस्रो अधिवेशन सम्पन्न गरेको छ । अनामनगरस्थित सिलौटो कटेजमा सम्पन्न सो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
सर्वसम्मत चयन भएका नयाँ कार्यसमितिमा अध्यक्ष सीता पौडेल (अर्चना), उपाध्यक्ष राजकुमार सिलवाल, महिला उपाध्यक्ष संगिता अधिकारी, महासचिव सौगात मिश्र, खुल्ला सचिव रामचन्द्र बस्नेत, श्रीराम तिवारी, शुशील पुरी, सन्तोष लुइँटेल, समावेशी सचिव लिजा क्षेत्री सन्तोष तामाङ रहेका छन् भने कोध्यक्षमा भूपाल गौताम चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा ज्योति जिसी, रोसनराज अर्याल, जिवी लामा र मेघराज पहाडी चयन भएका छन् । सम्पन्न अधिवेशनको प्रमुख अतिथि एमाले नेता भानुभक्त ढकाल र प्रचार विभाग प्रमुख राजेन्द्र गौतम रहेका थिए । अतिथिमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष राजेश राई, गणेश पाण्डे, महासचिव हिरामान लामा, शिक्षाविद् रामहरि सिलवाल र प्रेस युनियनका उपत्यका उपाध्यक्ष जीवन भण्डारीलगायत रहेका थिए । कार्यक्रमको अध्यक्ष प्रेस चौतारी नेपाल उपत्यका प्रदेश निवर्तमान अध्यक्ष विष्णु आचार्यले गरेका थिए । कार्यक्रममा उपत्यका प्रदेश इन्चार्ज राजीव सिलवाललगायत अन्य पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
